stcnepal long ad
national life

यातायात व्यवसायीले साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । यातायात व्यवसायीले साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यका भित्र र अन्य ठाउँमा सम्बन्धित जिल्ला भित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो ।

तर यातायात व्यवसायीले विभिन्न माग राख्दै यातायात सञ्चालन गर्न आनाकानी गरेका थिए ।

मंगलबारको पत्रकार सम्मेलनमा महासंघले आफू आवद्ध सबै यातायात कम्पनी, प्रा.लि, व्यवसायी तथा स्वरोजगार मजदुरलाई यातायात सञ्चालन गर्न आह्वान गरेको बताएको छ ।

gold
kumari bank
kumari
nawakantipur long