stcnepal long ad
nabil bank
macchha(MBL)

पेट्रोलको मूल्य बढ्यो,डिजेल र मट्टितेलको घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ भने डिजेल र मट्टीतेलको भाउ घटाएको छ । गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ घटेको हो ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको एक सय ५० रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको एक सय ४८ रूपैयाँ ५० पैसा पर्नेछ ।

दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको एक सय ६१ रूपैयाँ तथा डिजेल र मट्टीतेलको एक सय ५० रूपैयाँ पर्नेछ ।

यस्तै तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको एक सय ६२ रूपैयाँ तथा डिजेल र मट्टीतेलको एक सय ५१ रूपैयाँ पर्नेछ ।

prabhu mahalaxmi
kumari