stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला विजयी

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको अध्यक्षमा प्रेस चौतारी नेपालकी उम्मेदवार निर्मला शर्मा निर्वाचित भएकी छिन।

महासंघको २७ ओैं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि गत मंसिर २८ गते देशभरका ७७ जिल्ला शाखा, प्रतिष्ठान शाखा, एशोसिएट र प्रदेश समितिमा निर्वाचन भएको थियो। त्यो निर्वाचनको मतगणना परिणाम गत मंसीर ३० गते राती १० बजे घोषणा भएको थियो।

महासंघको केन्द्रीय निर्वाचन समितिले हिजो राती प्रकाशित गरेको अन्तिम मतगणना परिणाम अनुसार केन्द्रीय अध्यक्षमा प्रेस चौतारी नेपालकी निर्मला शर्माले ४२८२ मत,वरिष्ठ उपाध्यक्षमा प्रेस युनियनका दिपक आचार्यले ४२३० मत,महिला उपाध्यक्षमा प्रेस चौतारीकी नितु पण्डितले ४७०५ मत,समावेशी उपाध्यक्षमा उमिद प्रसाद बागचन्दले ४२९२ मत,महासचिवमा प्रेस युनियनका रामप्रसाद दाहालले ४०८४ मत, खुल्ला सचिवमा रमेश खतिवडाले ३४०० मत, सचिव महिलामा सोनी शर्माले ४३४७ मत,सचिव आदिवासी जनजातिमा सविन प्रियासनले ३५३५ मत,सचिव दलितमा प्रकाश धौलाकोटीले ४११० मत,सचिव एशोसिएटमा बैकुण्ठराम पराजुलीले ३६४५ मत र कोषाध्यक्षमा प्रेस सेन्टर नेपालका रामकृष्ण अधिकारीले ३८४७ मत प्राप्त गरि निर्वाचित भएका छन। केन्द्रीय समितिमा पदाधिकारी र सदस्य गरि ५२ जना निर्वाचित भएका छन।

नेपाली कांग्रेस र नेकपा(एमाले) निकट नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको गठबन्धन उम्मेदवारहरूले कोषाध्यक्ष बाहेक सबै पदमा निर्वाचन जितेका छन। कोषाध्यक्षमा प्रेस सेन्टर नेपालका रामकृष्ण अधिकारीले चुनाव जितेका छन।

 

prabhu mahalaxmi
kumari