citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

आजदेखि  निर्वाचन आयोगले मतदाता नामावली दर्ता कार्य सञ्चालन गर्ने 

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । निर्वाचन आयोगले सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट आइतबारदेखि मतदाता नामावली दर्ता कार्य सञ्चालन गर्ने भएको छ । स्थानीय तह उपनिर्वाचनको मिति घोषणा भएपछि असोज पहिलो सातादेखि नामावली सङ्कलन कार्य रोकिएको थियो ।

निर्वाचन आयोगका पदाधिकारी बैठकले अवरुद्ध नामावली सङ्कलन, दर्ता तथा अद्यावधिक कार्य आइतबारबाट सुरु गर्ने निर्णय गरेको हो ।

आयोगले पेसा, व्यवसाय वा अन्य कारणले आफ्नो स्थायी ठेगानाभन्दा फरक अर्को कुनै स्थानीय तह वा प्रदेशमा बसोबास गरे पनि प्रि–रजिस्ट्रेसन प्रणालीमार्फत आवेदन गर्न सक्ने व्यवस्था मिलाएको छ ।

आयोगको वेबसाइटमार्फत नामावली राख्ने व्यक्तिको स्थायी ठेगानामा रहने गरी मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

आयोगले दर्तासँगै नामावलीमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम भएको भए हटाउने र मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्नेलगायतका कामसमेत प्रि–रजिस्ट्रेसन प्रणालीमार्फत गर्न सक्ने जनाएको छ ।

gold
himalayan life insurance long ad