citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

एनएमबि बैंकको १ लाख ८० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । एनएमबि बैंकको १ लाख ८० हजार २८८ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (मंसिर २३ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् ।

संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम भाउ ११० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् ।

यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । आवेदकले एनएमबि क्यापिटल, बालुवाटार काठमाडौंमा पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जानकारी गराएको छ ।

gold
himalayan life insurance long ad