citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

१२ वटा हवाई कम्पनीले सरकारलाई हवाई भाडादर बुझाए

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएका १२ वटा हवाई कम्पनीले सरकारलाई हवाई भाडादरको विवरण उपलब्ध गराएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेका अनुसार पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले २४ घण्टाभित्रै हवाई भाडा दर उपलब्ध गराउन निर्देशन दिएपछि दुई वटा स्वदेशीसहित १२ वटा हवाई कम्पनीले टिकटको मूल्य र यात्रुको विवरण मन्त्रालयमा बुझाएका हुन् ।

उहाँले भन्नुभयो, “हवाई भाडा महँगो भएको र सहजै उपलब्ध नरहेको गुनासोको आधारमा मन्त्रालयले पहल थालेको छ ।

नेपालबाट अन्तर्राष्ट्रिय उडानको अनुमति पाएका १९ वटामध्ये बिहीबारसम्म प्रमुख १२ वटा हवाई कम्पनीले सिट वर्गीकरण अनुसार न्यूनतम टिकटको मूल्य, वर्तमान टिकटको मूल्य, सरचार्ज र यात्रुले लिएको टिकटको मूल्य विवरण मन्त्रालयमा बुझाएका छन् ।”

बिहीबार नेपाल वायु सेवा निगम, हिमालय एयरलाइन्स, कतार एयरवेज, सिङ्गापुर एयरलाइन्स, फ्लाई दुबई, इन्डिगो, एयर अरेबिया, टर्किस, कोरियन, सिचुवान, मलेसियन र जजिरा एयरवेजले हवाई टिकटको विवरण बुझाएको उहाँले बताउनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल १० घण्टा उडान कटौती भएको छ । यो समयमा हवाई टिकट चार गुणासम्म महँगो भएको र श्रम स्वीकृति लिइसकेका श्रमिकले समेत टिकट नपाइरहेको गुनासो बढेपछि हवाई भाडा नियन्त्रणका लागि मन्त्रालयले बिहीबार सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा छ सदस्यीय कार्यदल पनि गठन गरेको उहाँले जानकारी दिनुभयो ।

gold
himalayan life insurance long ad