stcnepal long ad
ime life insurance
national life
global ime bank long

पाकिस्तानी सिनेटका अध्यक्ष गिलानीसँग सांसद एकनाथ ढकालको भेटवार्ता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौ । नेपालका प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले पाकिस्तानको सिनेटका अध्यक्ष युसुफ राजा गिलानीसँग उनको सरकारी निवास इस्लामावादमा शिष्टाचार भेटगरेका छन् ।

भेटमा नेपाल र पाकिस्तानबीच पारस्परिक हित र द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।

सांसद ढकालले इन्टरनेशनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टिस (आइक्याप ) का सहअध्यक्ष सिनेटर मुशाहिद हुसेन सैयद र अन्य पाकिस्तानी नेताहरुसँग भेटर्वाता गरेका थिए ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य ढकाल अन्तर्राष्ट्रिय फौजदारी अदालत र कानुनको शासन सम्बन्धी १३ औं संसदीय परामर्शदात्री सम्मेलनमा भाग लिन हाल पाकिस्तानमा छन् । परिवार दलका अध्यक्ष ढकालसँगै नेपाल परिवार दलका महामन्त्री सन्तोष पौडेल भ्रमणमा सहभागी छन् ।

IME Lifesidebar
kumari