stcnepal long ad
ime life insurance
national life
global ime bank long

रोटरी क्लब अफ बागमती काठमाडौंको २२ औं ‘चार्टड डे’ सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । रोटरी क्लब अफ बागमती काठमाडौंको २२ औं चार्टड डे (स्थापना दिवस) सम्पन्न भएको छ । नागपोखरी स्थीत अरण्य बुटिक होटलमा एक समारोहका वीच मिती २०८१/७/६ मा सम्पन्न भएको हो ।

क्लबका अध्यक्ष रोटरीयण माणिक रत्न शाक्यको स्वागत मन्तव्यबाट शूरु भएको उक्त समारोहमा रोटरी जिल्ला ३२९२ का जिल्ला गर्भनर रोटरीयण राजेन्द्र मान शेरचनले जिल्लाले गर्ने दैवीप्रकोप र पोलियो निवारणको कार्यक्रमको जानकारी दिनुका साथै कार्यक्रम सफलताको कामना गरेका थिए ।

समारोहमा क्लबका चार्टड प्रिसिडेन्ट रोटरीयण दिवाकर राज कर्णिकारले क्लबको स्थापनाको बारेमा जानकारी गराएका थिए । समारोहमा जिल्ला गर्भनर रोटरीयण राजेन्द्र मान शेरचनले क्लबका स्थापनाकालिन सदस्यहरु तथा पुर्व अध्यक्षहरुलाई स्काफ लगाई सम्मान गरेका थिए ।

उक्त समारोहमा क्लबका अध्यक्ष रोटरीयण माणिक रत्न शाक्यले क्लबका सदस्यहरुबाट बाढी पिडीतको सहयोगको लागि संकलन गरिएको रकम रु. १०१,०००.०० को चेक जिल्ला गर्भनर रोटरीयण राजेन्द्र मान शेरचनलाई हस्तान्तरण गरिएको थियो ।

समारोहको समापन पछि मनोरन्जनको कार्यक्रम गरिएको उक्त समारोह क्लबको नियमानूसार क्लबको नियमित बैठकबाट शूरु गरिएको थियो भने समारोहको अन्त नियमित बैठकको अन्तबाट गरिएको थियो ।

समारोहमा रोटरी जिल्ला ३२९२को जिल्ला गर्भनर नोमिनी पुर्व जिल्ला गर्भनर, सचिव तथा विभिन्न क्लबहरुका अध्यक्षहरु समेत गरी  करीव ८० जना भन्दा बढीको सहभागिता थियो ।

‘चार्टड डे’ को कार्यक्रम अघि रोटरी इन्टरनेशनको नियमानूसार जिल्ला गर्भनरको क्लब भ्रमणको कार्यक्रमाको साथै क्लबको चौथो क्लब सभा पनि सम्पन्न गरीएको थियो ।

IME Lifesidebar
kumari