stcnepal long ad
ime life insurance
national life
global ime bank long

ममता नेपालीको गीत ‘डिम्पल सुहाउने’ सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। ममता नेपालीको स्वरमा रहेको गीत ‘डिम्पल सुहाउने’ सार्वजनिक भएको छ। ममतालाई टेक विसीले स्वरमा साथ दिएको छ भने गीतमा भीम विसीको शब्द र संगीत, केशव बडुको म्युजिक रेकर्ड एवं श्याम श्वेत रसाइलीको मिक्सिङरमाष्टरिङ रहेको छ।

विक्रम चौहानको निर्देशन एवं कोरियोग्राफ रहेको गीतको भिडियोमा आश्मा विश्वकर्मा र सुन्दर घलानलाई फिचरिङ गरिएको छ। पवन सुशलिङ र टिमको छायांकन रहेको गीतको भिडियोमा मनोज कार्कीको सम्पादन र कलर रहेको छ। गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ।

‘हामी सबैको मिहिनेतले एउटा राम्रो सिर्जना दर्शक(श्रोतामाझ ल्याएका छौं, सबैले मन पराइदिनुहुन्छ भन्नेमा आशावादी छौं’, संगीतकार भीमले भने। ममता नेपालीको औपचारिक रूपमा सार्वजनिक यो पहिलो सार्वजनिक गीत हो । यस गीतलाई लिएर आफू निक्कै आशावादी भएको उनले बताए।

बुवा मदन र आमा मञ्जु नेपालीको कोखबाट कञ्चनपुरको गुलरियामा जन्मिकी ममता सानैदेखि गीत संगीतमा रुची राख्थिइन्।

उनी यतिवेला पढाइको सिलसिलामा काठमाडौं बस्दै आएकी छन्। ‘यो सार्वजनिक गीत मेरो आफ्नो भन्दा पनि बाढी आमाको र स्वर्गीय मामाको सपना थियो जुन अहिले पूरा गर्ने सानो प्रयास गरेकी छु’, ममता भन्छिन्।

गीतको भिडियो साइराम पिक्चर्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

IME Lifesidebar
kumari