stcnepal long ad
himalayan life insurance long ad

केरूङ नाका आजबाट सञ्चालनमा ल्याइँदै

Nimb long ad
Prabhu Insurance Long Ad

रसुवा। अविरल वर्षाका कारण बन्द रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग आजदेखि सञ्चालनमा ल्याइने भएको छ।

अविरल वर्षाले क्षति पुर्‍याई गत असोज १२ गतेबाट अवरूद्ध चिनियाँ भू–भागको सडक आइतबारसम्म पुनःनिर्माण सम्पन्न गरी आजबाट यातायात सञ्चालनमा ल्याउने सीमा क्षेत्रका समकक्षीले जानकारी दिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए।

राजमार्ग सञ्चालनमा ल्याई नेपाल चीनबीचको व्यापार, व्यवसाय अभिवृद्वि गराउने कार्यमा ल्हासास्थित नेपाली महादूत वाणिज्य  नवराज ढकालद्वारा सहजीकरणमा ठूलो सहयोग मिलेको प्रजिअ पौडेलले बताए। रसुवागढी–केरूङ खण्डअन्तर्गत ठोङ्सा नजिक चिनियाँ पाखामा पहिरो जाँदा अवरूद्व भएको थियो।

सडक अवरूद्ध हुँदा चिनियाँ मालसामा ढुवानी गर्ने सवारीसाधन टिमुरे क्षेत्रमै रहेका पाङसिङस्थित चिनियाँ ठूलो ढुवानी कम्पनी मुसा टासपोर्टले जनाएको छ।