sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

उद्योग बाणिज्य महासंघको नयाँ नेतृत्वमा चन्द्र ढकालको उम्मेदवारी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । नेपाल उद्योग बाणिज्य महासंघको नयाँ नेतृत्वको लागि चन्द्र ढकाल समूहले आज उम्मेदबारी घोषणा गरेको छ ।

काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा बरिष्ठ उपाध्यक्षमा ढकाल सहित अन्य पदाधिकारीले उम्मेदवारी घोषणा गरेका हुन् ।

जिल्ला–नगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा भने वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ र एशोसिएट उपाध्यक्षमा ढकाल समूहले रामचन्द्र संघाईलाई अगाडी सारको छ ।
उम्मेदवारी घोषणा कार्यक्रममा ढकालले कोरोना भाइरसका कारण समस्यामा परेको अर्थतन्त्रलाई माथि उकास्न आफुले पहल गर्ने प्रतिबद्धता जनाए ।
तिवारी, श्रेष्ठ र संघाईले कोरोनाबाट समस्यामा परेको अर्थतन्त्रसँगै आर्थिक रुपमा समुन्नत नेपाल बनाउन आफ्नो समूहले काम गर्ने बताए ।

नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल र पूर्व बरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकारले कोराना भाइरसले विश्व नै आक्रान्त भइरहेको समयमा उद्योग बाणिज्य महासंघमा व्यावसायिक र गतिशिल नेतृत्व आवश्यक भएको बताए ।
महासंघको महाधिवशेन आगामी साउन २६ र २७ गते काठमाडौंमा हुँदैछ । महासंघको अधिवेशनमा ढकाल र किशोर प्रधानबीच वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा हुँदै छ । यद्यपी प्रधान समूहले उम्मेदवारी घोषणा गरिसकेको छैन ।

gold
nawakantipur long