भगवती हाइड्रोपावरको १४.७३ प्रतिशत लाभांश घोषणा
काठमाडौं । भगवती हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । हाइड्रोपावर कम्पनीको सञ्चालक समितिको भदौ २२ गते बसेको बैठकले गत वर्षको नाफाबाट १४.७३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र १०.७३ प्रतिशत कर प्रयोजन सहित नगद गरी कुल १०.७३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको हाल कायम चुक्ता पुँजी ५७ करोड २० लाख ६४ हजार रुपैयाँ रहेको छ । कम्पनीले ४ प्रतिशतका दरले २ करोड २८ लाख ८२ हजार रुपैयाँ बोनस सेयर र १०.७३ प्रतिशतका दरले ६ करोड १४ लाख २१ हजाररुपैयाा नगद लाभाश प्रस्ताव गरेको हो ।
कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी २४औँ वार्षिक साधारण सभाबाट पारित भएपश्चात् सेयरधनीहरूलाई वितरण गरिनछे । कम्पनीको साधारण सभा असोज १६ गते बिहान ११ बजे नयाँ बानेश्वर काठमाण्डौंमा बस्नेछ ।
कम्पनीको सभाले संञ्चालक समितिको आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्नेछ ।
यस्तै आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको सञ्चालक समितिमा संस्थापक सेयरधनीहरूको तर्फबाट २ जना सञ्चालक नियुक्ती गर्नेछ ।
साधारण सभाले कम्पनीको चुक्ता पुँजी वृद्धि गरी ५९ करोड ४९ लाख ४७ हजार ३ सय रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्नेछ ।
लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज २ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
त्यसैले असोज १ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबार भइ कायम सेयरधनीहरूले मात्रै कम्पनीको साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।