citizens life insurance long ad
stcnepal long ad
national life

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त

Prabhu Insurance Long Ad

काठमाडौँ । सरकारले मुख्य सचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए ।

निजामती सेवाका सचिवमध्ये वरीयताक्रममा चौथो नम्बरमा रहेका अर्याललाई सरकारले मुख्यसचिव नियुक्त गर्ने निर्णय लिएको हो ।

सचिवमा सबैभन्दा वरिष्ठ राष्ट्रिय योजना आयोगका तोयनारायण ज्ञवाली, दोस्रोमा सार्वजनिक खरिद अनुगमन कार्यालयका रामकृष्ण सुवेदी र तेस्रोमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका दिनेश भट्टराई थिए । हालकी मुख्य सचिव लीलादेवी गड्तौला उमेर हदका कारण शुक्रबार अनिवार्य अवकाश जाँदै छिन् ।

२०२४ मंसिर १० मा जन्मिएका अर्यालले करिब १५ महिना मुख्यसचिव पद सम्हाल्नेछन् । अर्याल २०४६ माघमा नायव सुब्बाबाट निजामती सेवामा प्रवेश गरेका थिए ।

खुला प्रतिस्पर्धाबाट २०५१ साउनमा अधिकृत बनेका उनी आन्तरिक प्रतिस्पर्धाबाट २०५८ मा उपसचिव र २०६७ मा सहसचिव भएका थिए । सचिवमा भने उनी २०७६ फागुनमा बढुवा भएका थिए ।

त्यस्तै, मन्त्रिपरिषद्ले एसिड आक्रमणबाट पीडित बिन्दाबासिनी कंसाकारलाई उपचार बापतको खर्च निकासा गर्ने निर्णय गरेको छ ।

जिल्ला अदालत हेटौंडाले पीडित कंसाकारले १ करोड १४ लाख ८५ हजार उपचार खर्च पाउने फैसला गरेको थियो । ‘पीडितको उपचार खर्चमा लागेको रकम पीडकबाट भराउने र नसकिए सरकारले उपयुक्त ठहर्‍याएको रकम पीडितले पीडित राहत कोषबाट लिन पाउने’ भनेर फैसला गरेको थियो ।

फैसला र टिप्पणीका आधारमा मन्त्रिपरिषद्ले उपचार खर्च दिने निर्णय गरेको हो । कंसाकारलाई २०७० वैशाख ९ मा मा भारतीय नागरिक दिलीपराज केशरीले अनुहारमा एसिड छ्यापेका थिए । कंसाकार हाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य छिन् ।

himalayan life insurance
igi long