stcnepal long ad
ime life insurance
national life
global ime bank long

टिकटक प्रतिबन्ध हटाउने निर्णय भए पनि खुल्न केही समय लाग्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरे पनि खुल्न भने केही समय लाग्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार सरकारले राखेका शर्तहरु पूरा गरी दर्ता भएपछि मात्र टिकटक खुल्नेछ ।

सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाको पालना र अरु चार शर्तसहित टिकटकमाथि लगाइएको प्रतिबन्ध खुला गर्ने निर्णय गरेको हो ।

टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा साक्षरताका लागि लगानी गरी नेपाली नागरिकको साक्षरता दर बढाउन मद्दत गर्नुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनका लागि सहयोग गर्नुपर्ने र सामाजिक सञ्जालमा प्रयोग हुने भाषामा संवेदनशीलता अपनाउनुपर्ने शर्त राखिएको छ ।

टिकटकले यी शर्तहरु स्वीकार गर्ने भएपछि अहिलेलाई नीतिगत रुपमा टिकटक खुला गरिएको मन्त्री गुरुङले बताउनुभयो । सामाजिक दुर्भावना, अरूलाई गालीगलौज गर्ने भाषा प्रयोग गर्न नदिने र त्यसमा नियन्त्रण गर्ने गरी समझदारी भएको दिनदेखि प्रतिबन्ध हटाइने उहाँको भनाइ छ ।

टिकटक लगायतका सबै सामाजिक सञ्जालले सामाजिक सद्भाव भड्काउने गरी कुनै पनि पोष्ट र सामाग्री प्रसार गर्न नपाउने सरकारले जनाएको छ ।

IME Lifesidebar
kumari