stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाली बजारमा डोङफेङको नयाँ ईभी नामी गाडी लञ्च

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा डोङफेङको नयाँ ईभी नामी गाडी लञ्च भएको छ। नामी इ १ देखि ३ सम्मको मोडहरु आज पत्रकार सम्मेलन गर्दै होटल सोल्टिमा सार्वजनिक गरेको हो ।

नामी इ १ को मूल्य नेपाली बजारमा २९ लाख ९९ हजार रुपैयाँ, नामी इ २ को मूल्य, ३१ लाख ९९ हजार रुपैयाँ र नामी इ ३ को मूल्य ३४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

चिनियाँ बजारमा नामी बक्सको मूल्य १० हजार डलर हाराहारी छ । इयूले चिनियाँ ईभी उत्पादकलाई लगाएको नयाँ ट्याक्सको कारण नामी बक्सको मूल्य युरोपमा महँगो हुन पुगेको हो । चिनियाँ अटोमोवाइल कम्पनी डोङफेङले सन् २०२३ मा २० लाख कार बिक्री गरेको थियो ।

नामी बक्स एक सव कम्प्याक ईभी हो । यसमा धेरै सेग्मेन्ट फस्ट प्रिमियम फिचरहरु छन् । यसको एक्टेरियरमा फ्रमलेस डोर, फ्लस डोर ह्याण्डल, फ्लोटिङ कन्ट्रास रुफ जस्ता फिचर छन् ।

नामी बक्सको  ठूलोे व्याट्री  अप्सनले ३१० किलोमिटरको रेन्ज दिने डब्लुएलटीपीले प्रमाणित गरेको छ । नामी–०१ मा ७० किलोवाट क्षमताको मोटर छ । जसले ९४ हर्सपावर तथा १६० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । नामीको टपस्पीड १४० किलोमिटर प्रतिघण्टासम्म छ ।

IME Lifesidebar
kumari