stcnepal long ad
Himalayan bank
national life

सरकारले सम्बन्धित जिल्ला भित्र सार्वजनिक यातायातको सवारी साधन चलाउने निर्णय अझै अन्यौलमा गरे पनि

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले सम्बन्धित जिल्ला भित्र सार्वजनिक यातायातको सवारी साधन चलाउने निर्णय गरे पनि यातायात व्यवसायी र यात्रु अझै अन्यौलमा छन् ।

सरकारले एकपक्षीय निर्णय गरेको र अहिले नै गाडी चलाउने अवस्था नरहेको व्यवसायीको भनाइ छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले गाडी कहिलेदेखि चलाउने भन्नेबारे आज बैठक गरेर निर्णय गर्ने जानकारी दिएका छन् ।

साढे तीन महिनासम्म ग्यारेजमा राखिएका गाडी अहिले नै चलाउन सक्ने अवस्थामा नरहेको र स्वास्थ्य सम्बन्धी मापदण्डबारे पनि स्पष्ट नभएको उनको भनाइ छ ।

तर सरकारले निर्णय गरे लगत्तै फाट्टफुट्ट सार्वजनिक गाडी भने चल्न थालेका छन् । केही जिल्लामा फाट्टफुट्ट गाडी चल्न थालेको ट्राफिक प्रहरीले जनाएको छ । ट्याक्सी भने पहिलेदेखि नै चल्न थालेका थिए ।
सरकारले हिजो काठमाडौं, ललितपुर र भक्तपुरभित्र तथा बाहिरका जिल्लामा सम्बन्धित जिल्ला भित्र मात्र चल्न पाउने गरी सार्वजनिक गाडी सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

सरकारले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दूरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । अब कुल संख्याको आधा मात्र सिटमा यात्रु राखेर बस सञ्चालन गर्न पाइने भएको छ । ट्याक्सी बाहेक सार्वजनिक यातायातमा ५० प्रतिशतसम्म भाडा वृद्धि हुने भएको छ ।

सार्वजनिक यातायात सञ्चालन गर्दा चालक र सहचालकले मास्क र पन्जा अनिवार्य लगाउनुपर्ने नियम छ । ढोका र गाडीभित्र स्यानिटाइजर राख्नुपर्नेछ भने यात्रुले पनि मास्क अनिवार्य लगाउनुपर्ने नियम बनाइएको छ ।

सार्वजनिक यातायात सञ्चालन गर्दा भौतिक दूरी कायम गर्न सिटको एउटा पंक्तिमा एक जना मात्र राख्नु पर्नेछ । यस्तै एक दिनमा कम्तीमा एकपटक अनिवार्य रूपमा यातायातका साधनलाई संक्रमणमुक्त पनि गर्नुपर्नेछ ।

ट्याक्सीमा चालक बाहेक दुई जनासम्म मात्र यात्रु राख्न पाइने सरकारले निर्णय गरेको जनाएको छ ।

kumari bank
kumari
nawakantipur long