‘ज्योतिष’ अर्जुन क्षत्री पक्राउ
काठमाडौ । ‘ज्योतिष’ अर्जुन थापा क्षत्री पक्राउ परेका छन् । क्षत्री सहित ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बिहीबार पक्राउ गरेको हो ।
आफूलाई ‘अख्तियारको सहसचिव’ भन्दै ठगी गर्दै हिँडेको आरोपमा क्षत्रीलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको अख्तियार स्रोतले जानकारी दिएकाे छ ।
स्रोतका अनुसार नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै क्षत्री सहितको टोलीले चार करोड मागेका थिए ।
बार्गेनिङको क्रममा ५० लाखमा कुरा मिल्यो । उक्त ५० लाख रुपैयाँ लिन जाँदा क्षत्री सहित तीनजना अख्तियारको फन्दामा परेका हुन् । क्षत्री यसअघि पनि नेपालमा ठूलो भूकम्प आउन सक्ने भन्दै अफवाह फैलाएको आरोपमा पक्राउ परेर छुटेका थिए ।






















