citizens life insurance long ad
stcnepal long ad

१९ लाख ठगी गर्ने नक्कली असई नारायणटारवाट पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । नेपाल प्रहरीको अपराध अनुसन्धान व्यूराेकाे प्रहरी सहायक निरीक्षक (असई) हुँ भनेर ठगी गरेको अभियोगमा असार २२ गते  नारायणटारकाे एक क्याफेवाट सिन्धुपाल्चोक मेलम्ची घर भएका कृष्णराम गिरीलाई महानगरीय प्रहरी वृत्तले पक्राउ गरेकाे छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं डीएसपी राजकुमार केसीले गिरीले अपराध अनुसन्धान ब्युरोमा कार्यरत रहेको भनेर सर्वसाधारणलाई विश्वास दिलाई १९ लाख रुपैयाँ ठगी गरेका थिए ।

उनलाई महागनरीय प्रहरी वृत्त, बौद्धबाट खटिएको टोलीले विशेष सुचनाकाे आधारमा पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

गिरीले फेसबुक आईडीमा पनि असई भएको विवरण राखेर ठगी गरेको पाइएको छ । उनको कोठामा छापा हानेर प्रहरीले बौद्ध प्रहरी लेखिएको डायरी पनि बरामद गरेको छ ।

IME Life
kumari