sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

सनसिल्कसँग क्रिएटर अनर्स

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको सबैभन्दा ठूलो हेयर केयर ब्रान्ड, सनसिल्कले अपट्रेन्डलीसँगको सहकार्यमा लाइफस्टाइल, ब्युटी तथा फेसन विधाहरूका ट्यालेन्टहरूलाई स्पट लाइट गर्ने एक जीवन्त अवार्ड समारोह, सनसिल्क प्रीजेन्ट्स क्रिएटर अनर्स प्रस्तुत गरेको छ।

यो कार्यक्रमले लाइफस्टाइल, ब्युटी र फेसन उद्योगबाट विभिन्न सहभागीहरूलाई एकै ठाउँमा ल्याएर आफ्ना सीपहरू प्रदर्शन गर्न इन्फ्लुएन्सरहरूको लागि एक अद्वितीय प्लेटफर्मको रूपमा प्रस्तुत भएको छ।

क्रिएटर अनर्सको उद्देश्य उदीयमान र स्थापित इन्फ्लुएन्सरहरूलाई उत्प्रेरित गर्ने र उचाल्नु रहेको थियो र उनीहरूलाई चम्कने अवसर प्रदान गर्दै तिनीहरूको रचनात्मक प्रयासहरूलाई मान्यता दिनु रहेको थियो।

यस वर्षको क्रिएटर अनर्सको शीर्षक प्रायोजकको रूपमा, सनसिल्कले जीवनशैली र फेसन विधामा उत्कृष्ट प्रदर्शन गर्ने इन्फ्लुएन्सरहरूलाई मान्यता दियो। सनसिल्कको संलग्नताले नयाँ सम्भाव्यताहरू खोल्ने र विस्तार गर्ने, र कसैको पूर्ण क्षमतालाई बाहिर निकाल्ने ब्रान्डको मिशनलाई जोड दिन्छ।

दुवै ब्रान्ड र समारोहले इन्फ्लुएन्सरहरूको प्रयासको कदर गर्ने, सीमाहरू तोड्ने, र इन्फ्लुएन्सरहरूको रचनात्मकतालाई बढावा दिने प्रतिबद्धता साझा गर्दछ।

यस अवार्ड समारोहको ग्रान्ड फिनाले असार २४, २०८१ मा आफ्नो आकर्षक वातावरण र दृश्यका लागि परिचित, पेन्टहाउस रुफटप बार एण्ड लाउन्जमा भएको थियो। विभिन्न विधामा विजेता घोषणा भएपछि साँझ उत्साहले भरिएको थियो ।

प्रत्येक विधाका विजेताहरू भने सो रहेका छन्,
राइजिंग स्टार – स्विटि डङ्गोल
ब्रेकथ्रु कन्टेन्ट – भावना रेग्मी
सनसिल्क बर्न टु साइन – सिम्रन श्रेष्ठ
बेस्ट ब्राण्ड कोलाबोरेसन् – विजया प्रधान
बेस्ट युज अफ ट्रेन्ड – सिद्धार्थ तामाङ
बेस्ट अडियो÷भिजुवल – करिश्मा श्रेष्ठ
फलोवर लभ – प्रजिता श्रेष्ठ

कार्यक्रमले यी प्रतिभाशाली व्यक्तिहरूको उपलब्धिलाई मान्यता मात्र होइन, सञ्जाल र प्रेरणाको लागि एक प्लेटफर्म पनि प्रदान ग¥यो, जसले नेपालमा इन्फ्लुएन्सर समुदायलाई समर्थन र उत्थान गर्ने सनसिल्कको समर्पणलाई थप बलियो बनायो।

gold
prabhu bank
nawakantipur long