एसईईको परीक्षाफल प्रकाशन गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफलको नतिजा प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ ।
बोर्डले यसै साताभित्रमा नतिजा प्रकाशनको तयारी गरेको छ । यता, बोर्डले परिक्षाको नतिजा हेर्न सकिने वेबसाइटबारे जानकारी गराएको छ । बोर्डका अनुसार एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा प्रकाशनका लागि १५ संस्थाले अनुमति पाएका छन् । जसमा १० वटा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा प्राप्त गर्न सकिनेछ । नेपाल टेलिकमको एसएमएस, आईभीआरमा १६०० डायल गरी नतिजा हेर्न सकिनेछ ।


























