citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

एमडिआरटी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि क्यानेडाको भ्यानकुभरमा शुरू हुँदै

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । यस वर्षको एमडिआरटी अन्तर्राष्ट्रिय सम्मेलन आज आइतबारबाट क्यानेडाको भ्यानकुभरमा शुरू हुँदैछ । मिलियन डलर राउण्ड टेबल नामक संस्थाले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वभरका अगुवा अभिकर्ताहरूको सहभागिता रहेको छ ।

सम्मेलनमा सहभागिताका लागि नेपालबाट समेत केही जीवन बीमा कम्पनीहरूबाट अभिकर्ताहरू क्यानेडा पुगि सकेका छन् । अन्य देशहरूबाट समेत अभिकर्ताहरू कार्यक्रम आयोजना हुने शहरमा पुगेका खबर सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिएका छन् ।

आयोजक संस्थाका अनुसार ९ जुनदेखि १२ जुनसम्म सञ्चालन हुने वार्षिक सम्मेलनमा विभिन्न शत्र अन्तर्गत बीमा व्यवसाय क्षेत्रको विभिन्न समस्या, चुनौती, बदलिंदो परिवेश, अगुवा अभिकर्ताका अनुभवका विषयमा जानकारी आदान प्रदान र विमर्श हुनेछ ।

साथै विभिन्न मुलुकबाट प्रतिनिधित्व गर्दै आएका व्यवसायीक अभिकर्ताबीच परिचय र सञ्जाल निर्माणको अवसर समेत प्रदान गरिनेछ ।

gold
himalayan life insurance long ad