citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

उत्पादन क्षेत्रमा असल उत्पादन अभ्यास गर्न जरुरी छ: महानिर्देशक वैद्य

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले खाद्य सुरक्षा अर्थतन्त्रसँग जोडिएकाले तीनै तहका सरकारले यसमा ध्यान दिनुपर्ने बताएकी छन् ।

विश्व खाद्य स्वच्छता दिवसका अवसरमा आयोजित कार्यक्रममा महानिर्देशक जोशीले खाद्य आयात बढी रहेको भन्दै निर्यातमा उल्लेख्य प्रगति गर्नका लागि धेरै प्रयास गर्न बाँकी रहेको बताइन् । उत्पादन क्षेत्रमा पनि असल उत्पादन अभ्यास गर्न जरुरी रहेको उनको भनाइ छ ।

खाद्य स्वच्छता सम्बन्धी नयाँ ऐन जारी भइसकेको जानकारी दिँदै उनले विभागले नेपाल फुड एन्ड फिड इन्डस्ट्री लाइसेन्स सिस्टम अनलाइन सुरु गरेको जानकारी दिइन् ।

‘खाद्य स्वच्छतामा लगानी बढाऔँ, अप्रत्याशित अवस्थाको पूर्व तयारी गरौँ’ नाराका यो दिवस मनाइएको हो ।

सप्ताहव्यापी रूपमा मनाइएको दिवसमा देशभर रहेका कार्यालयसहित राजधानीमा बिहान प्रभातफेरी लगायतका कार्यक्रम गरिएको थियो ।

himalayan life insurance
igi long