citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

सामाजिक सुरक्षा कोषमा पचपन्न अर्बभन्दा बढी रकम

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सामाजिक सुरक्षा योजना अन्तर्गत पाँच वर्षको अवधिमा ५५ अर्बभन्दा बढी रकम जम्मा भएको छ ।

कोषका अनुसार जेठ ९ गते बुधबारसम्म कोषमा योगदानकर्ता र रोजगारदाताबाट ५५ अर्ब तीन करोड रुपियाँ योगदानबापतको रकम जम्मा भएको हो ।

कोषको कार्यक्रम २०७५ मङ्सिर ११ गते सुरुवात भएर २०७६ साउन १ गतेबाट औपचारिक रूपमा सञ्चालनमा आएको कोषमा १८ हजार ९६२ रोजगारदाता र १३ लाख ६८ हजार ५९१ जना योगदानकर्ता आबद्ध भएका छन् ।

सामाजिक सुरक्षा कोषका औषधी उपचार स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजनामा एक लाख ४४ हजार ४२० जनालाई नौ अर्ब आठ करोड दाबी भुक्तानी भएको कोषले जनाएको छ ।

जसमा कोषमा जम्मा भएको रकममध्ये औषधी उपचार स्वास्थ्य तथा मातृत्व योजनामा ६२ हजार ८१२ जनालाई एक अर्ब छ करोड ४७ हजार ९१ रुपियाँ भुक्तानी गरिएको छ, ।

यस्तै दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा तीन हजार २३० जनालाई १२ करोड १२ लाख ६८ हजार ४४० रुपियाँ भुक्तानी भएको छ ।

त्यसै गरी आश्रित परिवार सुरक्षा योजनामा ४९६ जनालाई १४ करोड, ३७ लाख ७८ हजार ६९८ रुपियाँ भुक्तानी गरिसकेको छ । त्यसरी नै वृद्धावस्था सुरक्षा योजनामा ७७ हजार ८८२ जनाले सात अर्ब ७५ करोड २५ लाख ७३ हजार ८३५ रुपियाँ दाबी भुक्तानी गरेको कोषले जनाएको छ ।

वृद्धावस्था योजनाबाट भुक्तानी लिनेमा यसअघि सञ्चय कोषमा योगदान गरेका र पछिल्लो पटक सामाजिक सुरक्षा आबद्ध भएपछि योगदान गर्नेहरू बढिरहेको कोषका निर्देशक एवं प्रवक्ता विवेक पन्थीले जानकारी दिनुुभयो ।

कोषको योजनामा आबद्ध हुने योगदानकर्तामध्ये सबैभन्दा धेरै वैदेशिक रोजगारीमा जाने आठ लाख ६७ हजार ३९२ श्रमिक रहेका छन् भने सबैभन्दा थोरै स्वरोजगारतर्फका ९८ जना रहेको कोषले जनाएको छ ।

कोषका अनुसार कोषको योजनामा आबद्ध हुने औपचारिक क्षेत्रका पाँच लाख ८३० योगदानकर्ता रहेका छन् भने अनौपचारिक क्षेत्रका २७१ जना श्रमिक रहेका छन् ।

वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिनुपूर्व कोषको योजनामा आबद्ध हुनुपर्ने अनिवार्य सर्त भएकाले विदेश जाने हरेक कोषको योजनामा एक पटक आबद्ध भएका छन् तर विदेश गएर कोषको योजनामा निरन्तरता दिनेको सङ्ख्या भने असाध्यै थोरै छ ।

gold
kumari bank