stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

मेलम्चीको पानी सुरुङभित्र छाडियो, पुस अगाबै काठमाडौँमा पानी

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । मेलम्चिको पानी परीक्षणका लागि सुरुङभित्र पठाउन सुरु गरिएको छ । सुरुङमार्गको निर्माण सम्पन्न भएपछि परीक्षणका लागि आजबाट पानी पठाइएको हो ।

आइतबार विहान ९ः ४५ बजेट अस्थायी बाँधबाट डाइभर्सन गरी सुरुङमार्गमा पानी प्रवाह सुरु गरिएको हो ।

२ दशक लामो प्रतिक्षालाई समाप्त पार्दै सुरुङ मार्ग परीक्षण थालनिसँगै आयोजना नयाँ चरणमा प्रवेश गरेको आयोजना प्रमुख तिरेश खत्रीले बताए ।

परीक्षणका लागि सुरुमा प्रतिसेकेण्ड २६० लिटरका दरले पानी प्रवाह गरिएको खत्रीले बताए । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पानी प्रवाहको प्राविधिक व्यवस्था गरिएको उल्लेख गर्दै उनले २६ किलोमिटरको सुरुङ भर्न २० दिनसम्म समय लाग्ने बताए ।

पूर्ण रुपमा भरिएको सुरुङ १० दिसम्मयथास्थितिमा राखिने छ । पानी भरिएकै दरमा खालि गर्न पुनः २० दिनको समय लाग्ने पनि उनले बताए । सुरुङ खाली भएपछि सुरुङको अवस्थाको परीक्षण गर्न ७ दिन लाग्ने छ ।

त्यसमा कुनै समस्या देखिएमा ७ दिनभित्र काम सम्पन्न गरिने उनले बताए । त्यसपछि नियमित रुपमा पानी पथान्तरण गरी नियमित रुपमा काठमाडौंका लागि उपलब्ध हुने उनले बताए ।

खानेपानी तथा सरसफाईमन्त्री बिना मगरले परीक्षणसँगै मेलम्चि आयोजनाका विषयमा उठ्ने गरेका सम्पूर्ण प्रश्नहरुको उत्तर मिलेको बताइन् । मेलम्ची आयोजना निर्माणका क्रममा प्राकृतिक, सामाजिक र राजनीतिक रुपमा थुप्रै चुनौतीहरुको सामना गर्नुपरेको उनले बताइन् ।

उनले भनिन्– ‘‘आयोजनाको काम सम्पन्न गरेर आजबाट पथान्तरणको काम सुरु भयो । आवश्यक ट्ष्टिङ प्रक्रिया सकेर उद्घाटनको मिति तय गर्ने छौँ । मिति तय गरेर छिट्टै घर घरमापानी पुरयाउने छौँ ।’’

निर्माण कम्पनीसँग गरिएको सम्झौताको म्याद पुस मसान्तसम्म रहेको छ । निर्माण काम निर्धारित समयभन्दा पहिले नै सकिने विश्वास लिइएको छ ।

खोलाबाट अम्बाथान अडिटसम्म पानी पठाएर परीक्षण थालिएको हो । अम्बाथानको अडिट टनेलको ढोकाबन्द गरेर सोमबार सुरुङमार्ग तर्फ पानी पठाइँदैछ । सुरुङको गेट तथा सञ्चालन प्रविधि जडान सम्पन्न गरेपछि पानी पठाएर परीक्षण थालिएको हो ।

prabhu mahalaxmi
kumari bank
kumari