stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बैंक अफ काठमाण्डूमा मुद्दति खाता खोलेकी सुएक महिलाले सिद्धार्थ इन्स्योरेन्सद्वारा एक लाख दावी भुक्तानी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बैंक अफ काठमाण्डूमा मुद्दती खाता खोलेकी एक महिलाले बिरामी हुँदाको उपचार खर्च बापत एक लाख रुपैयाँ सिद्धार्थ इन्स्योरेन्सबाट भुक्तानी पाएकी छिन् ।

बैंक अफ काठमाडौंले सिद्धार्थ इन्स्योरेन्ससँग सहकार्य गरी विभिन्न सुविधासहित कूल १२ लाख रुपैयाँको बीमा अतिरिक्त सुविधा दिने सम्झौता अनुसार बैंक अफ काठमाण्डूमा मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गर्दै आईरहेकी शुभद्रा श्रेष्ठ बिरामी हुँदाको औषधी उपचारको लागत खर्च बापत उक्त रकम सिद्धार्थ इन्स्योरेन्समार्फत लिई बैंक अफ काठमाण्डूले भुक्तानी गरेको जनाएको छ ।

बैंकको सहायक महाप्रबन्धक मनिष कुमार सिंहले बैंकको मुद्दति निक्षेपका ग्राहक शुभद्रा श्रेष्ठलाई उक्त बीमा दाबी रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

बैंकका अनुसार श्रेष्ठले बैंक अफ काठमाण्डूको साँखु शाखामा बिओके सफलता मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गर्दै आईरहेकोमा केही पहिले बिरामी भई उपचार गर्नु परेको थियो ।

श्रेष्ठले औषधी बिल सहित दावी गरेपछि बैंकले सिद्धार्थ इन्स्योरेन्समा बीमा दावी गरेको थियो । बैंक अफ काठमाण्डूले बिओके सफलता मुद्दती खातामा उच्चतम व्याजदरका साथ ११ लाख रुपैयाँसम्मको बीमा सुबिधा उपलब्ध गराउँदै आईरहेको छ ।

बीमा सुबिधा अन्तर्गत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तता लागि पाँच लाख रुपैयाँ, १८ घातक रोगहरुको लागि पाँच लाख रुपैयाँ तथा औषधी उपचारको लागि एक लाख रुपैयाँको बीमा सुविधा रहेको छ ।

prabhu mahalaxmi
kumari