stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अजोड ईन्स्योरेन्स दोस्रो बार्षिकोत्सवमा रक्तदान कार्यक्रम

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अजोड ईन्स्योरेन्स लिमिटेडले आज असार २१ गते आफ्नो दोस्रो बार्षिकोत्सव सम्पन्न गरेको छ ।
यस कम्पनी संचालनमा आएको छोटो अवधिमा नै १ प्रधान कार्यालय ७ वटा प्रादेशिक कार्यालय तथा १८ वटा शाखा कार्यालय, १६ वटा उपशाखा कार्यालय गरि जम्मा ४२ वटा कार्यालयहरु, ३ वटा तेश्रो पक्ष बीमा काउण्टरहरु र १ वटा ग्राहक सेवा केन्द्र मार्फत् बीमा सेवा सुरुवात गरी बीमा सेवा प्रदान गर्न सक्षम भएको छ ।
कुनै पनि बीमा कम्पनीका लागि मेरुदण्डका रुपमा रहेको दावी भुक्तानी प्रक्रियालाई छिटो छरितो चुस्त र पारदर्शि बनाउने उद्येश्यले यस कम्पनीले फाष्ट ट्रयाक दावी भुक्तानी निति अवलम्वन गरि रु.२ लाख सम्मको दावी तत्कालै भुक्तानी गर्ने व्यवस्था समेत गरेको छ ।
कम्पनीले Digital Insurance का साथै Digital प्रविधिवाट बीमा शुल्क भुक्तानीका लागि कम्पनीले विभिन्न सेवा प्रदायक कम्पनीहरु सँग सम्झौता गरी कार्य आरम्भ गरी सकेको छ ।
हाल विश्वव्यापी रुपमा फैलिएको कोरना भाइरस ( कोभिड–१९) को माहामारीको विषम परिस्थितीका वावजुत यस कम्पनीले चालु आ.ब.को मिति २०७७।०३।२१ गते सम्म ८९,७५८ बीमालेख जारी गरी रु. ८१ करोड ५७ लाख बीमा शुल्क आर्जन गर्न सफल भएको कुरा हामी सहर्ष जानकारी गराउदछै । यसै सन्दर्भमा कम्पनीले आफ्नो बार्षिकोत्सवमा भब्यरुपमा मनाउन जटिल परिस्थितिका कारण सम्भव नरहेकोले प्रधान कार्यालय सुन्धारामा रक्तदान कार्यक्रम गरि बार्षिकोत्सव मनाएको छ ।
उक्त कार्यक्रममा कम्पनीका संस्थापक शेयरधनी, प्रमुख कार्यकारी अधिकृत लगायत कम्पनीको कर्मचारी र आगन्तुक समेत गरी ३५ जनाले रक्तदान गर्नु भएको छ ।

prabhu mahalaxmi
kumari