sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

माघ २४ मा नेपाल व्यवस्थापन संघले  राष्ट्रिय सम्मेलन

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल व्यवस्थापन संघले ३९ औं राष्ट्रिय सम्मेलन आगामी माघ २४ गते गर्दैछ । तथ्यांक परिचालित निर्णय प्रक्रिया (डाटा ड्रिभन डिसिजन मेकिङ) भन्ने मुख्य नारा सहित संघले उक्त सम्मेलनको आयोजना गर्न लागेको हो ।
संघले गत वर्षझै यस वर्ष पनि आफ्नो वार्षिक साधारणसभाको अवसरमा उक्त सम्मेलन गर्दै छ । सोही दिन सम्मेलन र वार्षिक साधारण सभा साथै राष्ट्रिय व्यवस्थापन पुरस्कार तथा सम्मान वितरण, कार्यकारी समितिको निर्वाचन र एशियन एसोसियसन अफ म्यानेजमेण्ट अर्गनाईजेशनको एशियाली नेतृत्व सम्मान साँझ २०२० आयोजना गर्न लागेको मंगलबार एक पत्रकार सम्मेलन गरी संघले जानकारी दिएको छ ।
उक्त सम्मलेनमा अर्थमन्त्री डा. युवराज खतिवडाको आतिथ्यमा चार वटा कार्यपत्र प्रस्तुत गरिने संघले जानकारी दिएको छ । त्यस्तै, सम्मेलनमा विश्व र नेपालको व्यवस्थापन विकासको परिदृष्य २०१९ (म्यानेजमेन्ट डेभलपमेन्ट सिनारियो) नामक एक अनुसन्धानात्मक कृतिको पनि विमोचन हुँदै छ ।
संघको ३९औं वार्षिक साधारणसभाले आगामी वर्षको लागि नीति, कार्यक्रम र बजेटको तर्जुमा गर्नुका साथै लेखापरीक्षकको नियुक्ति गर्दै छ ।
संघले यस वर्ष राष्ट्रिय व्यवस्थापन पुरस्कार अन्तर्गत म्यानेर अफ द एयर अवार्ड, वोमेन म्यानेजर रिकजनाईजेशन अवार्ड, आउटस्ट्याडिङ् म्यानेजमेन्ट अवार्ड, आउटस्ट्याडिङ् सिभिल सर्भिस अवार्ड वितरण गर्दैछ । संघले संस्थाको हितमा काम गर्ने इमान्दार, कर्तव्यनिष्ट, उच्च नैतिक चरित्रयुक्त कुशल व्यवस्थापकहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले राष्ट्रिय व्यवस्थापन पुरस्कारले सम्मान गर्दै आएको छ ।
साथै, सोही दिन १९औं कार्यकारी समितिको पनि निर्वाचन अन्तर्गत मतदान कार्यक्रम हुँदै छ । उक्त निर्वाचनका लागि गठित समितिले निर्वाचनको कार्यक्रम सार्वजनिक गरिसकेको संघले जानकारी दिएको छ । जुन परिणाम सोहि दिन घोषणा हुनेछ ।
संघले एशियाली नेतृत्व सम्मान साँझ एशियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेशनको व्यानरमा एशियाली नेतृत्व पुरस्कार साँझ(एशियन लिडरशीप अवार्ड नाइट) को आयोजना गरी यस क्षेत्रको आर्थिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाउने हुने विशिष्ट व्यक्तित्वहरुलाई सम्मानित गर्दै छ ।

gold
kumari bank
nawakantipur long