macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

डेढ लाख घुस सहित भन्सारमा कार्यरत नासु पक्राउ

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

जनकपुरधाम । भन्सारमा कार्यरत नायब सुब्बा डेढलाख घुस सहित पक्राउ परेका छन् । जनकपुरधाम भन्सार कार्यालयमा कार्यरत नायव सुब्बा अहमद रज्जा अन्सारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ । अन्सारीलाई सोमबार साँझ सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको आयोगले जनाएको छ । आयोगको बर्दिवासबाट खटिएको टोलीले जनकपुरधामको पिडारी चोकबाट नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिएका अन्सारीमाथि अनुसन्धान भइरहेको छ ।

२१ माघ २०७६, मंगलवार १५:१३ बजे प्रकाशित

NTA long ad