stcnepal long ad
ime life insurance
global ime bank long

स्वावलम्बन लघुवित्तको एक शाखा एक छात्रबृत्ति व्यवस्था

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

 

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. ले आफ्ना ग्राहक सदस्यका जेहेन्दार छात्रछात्रालाई उच्च शिक्षा अध्ययनमा सहयोग पुग्ने हेतुले एक शाखा एक छात्रबृत्तिको व्यवस्था गरेको छ ।
वित्तीय संस्थाले प्रत्येक शाखा कार्यालयबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सबभन्दा बढी अंक प्राप्त गर्ने छात्रछात्रा मध्ये एक जनालाई नगद र प्रमाणपत्र सहित छात्रबृत्ति प्रदान गर्ने व्यवस्था मिलाएको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. ले जनाइएको छ ।
यस व्यवस्था पश्चात वित्तीय संस्थाले वित्तीय अनुशासन पालन गर्ने सदस्यका छोराछोरीलाई हाल कायम रहेका संस्थाका प्रत्येक शाखा कार्यालयहरुबाट छात्रबृत्ति प्रदान गर्नेछ । यसरी प्रत्येक वर्ष शाखा कार्यालय बराबर संख्यामा ग्राहक सदस्यका छोराछोरी प्रत्यक्ष लाभान्वित हुने विश्वास गरिएको छ । वित्तीय संस्थाका नेपालभर हाल १४० वटा शाखा कार्यालयहरु रहेका छन । छात्रबृत्ति कार्यक्रममा सरकारी÷सामुदायिक विद्यालयमा अध्ययन गरेका छात्रछात्राहरु प्राथमिकतामा पर्ने समेत जनाइएको छ ।

न्यून आय भएको वर्गलाई लघुकर्जा, लघुबचत, क्षमता अभिवृद्धि तालिम लगायत विभिन्न वित्तीय तथा गैर वित्तीय सेवा उपलब्ध गराउँदै आएको वित्तीय संस्थाले ग्राहक संरक्षण तथा सामाजिक उत्तरदायित्व कार्य अन्तरगत नेपाल भर रहेका आफ्ना शाखा कार्यालय मार्फत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण लगायत अन्य सामाजिक कार्यमा हातेमालो गर्दै आएको छ ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र रहको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले हाल ६१ जिल्लामा रहेका १४० वटा शाखा कार्यालय मार्फत २ लाख ४७ हजार सदस्यलाई प्रत्यक्ष लघुवित्त सेवा प्रदान गर्दै आएको छ । वित्तीय संस्थाको अधिकृत पूँजी रु.१ अर्ब साथै जारी तथा चुक्ता पूँजी रु.७९ करोड २३ लाख रहेको छ ।

prabhu mahalaxmi
kumari