citizens life insurance long ad
stcnepal long ad
national life

रोपाइँ गर्न गएका स्थानीयलाई प्रहरीले अवरोध गरेपछि झडप

Prabhu Insurance Long Ad

ललितपुर । ललितपुरको खोकनामा शनिबार दिउँसो खोकनावासी र प्रहरीबीच  झडप भएको छ । राष्ट्रिय महत्त्वको आयोजनामा किसानहरुले अवरोध गर्दा भएको झडपमा दुईजना सुरक्षाकर्मी घाइते भएको ललितपुर महानगरीय प्रहरी परिसरका प्रवक्ता तुलबहादुर कार्कीले बताए। सुडोल फाँटमा रोपाइँ गर्न गएका स्थानीयलाई प्रहरीले अवरोध गर्न खोजेपछि झडप भएको हो । झडपमा परी प्रहरी निरीक्षक सहित दुईजना घाइते भएका छन्। प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि ७ राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको छ ।

झडपपछि अहिले सुडोल फाँटमा स्थानीयले पुनः धान रोपेका छन् भने त्यस क्षेत्रमा प्रहरीको बाक्‍लो उपस्थिति छ । सुडोल फाँट काठमाडौं–तराई जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक) को ‘जिरो किलोमिटर’हो । सो क्षेत्रको जग्गा सरकारले अधिग्रहण गरेको छ । तर, स्थानीयले भने मुआब्जा लिइसकेका छैनन् ।

उनीहरुले सरोकारवालासँग छलफल नै नगरी एकलौटी ढंगबाट तयार गरेको मुआब्जा स्वीकार नभएको, फास्ट ट्रयाकसँगै वाग्मती करिडोर, १ सय ३३ केभी प्रसारण लाइन, बाहिरी चक्रपथको विन्दु पनि खोकना फाँटमै पर्ने भएकाले मौलिक बस्तीको अस्तित्व सखाप हुने भन्दै विरोध जनाउँदै आएका छन् । यस अघि असार १५ गते पनि प्रहरी र स्थानीयवासी विवाद भएको थियो ।

himalayan life insurance
igi long