citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नगाभ्न आग्रह

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

मकवानपुर । हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग गाभ्न नहुनेमा मकवानपुरका आठ राजनीतिक दलले एक मत जनाएका छन् । शनिबार संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्न माग गरेका छन् ।

भौतिक पूर्वाधार तयार नभएसम्मका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालाका रुपमा मात्रै अस्पताललाई प्रयोग गर्ने सहमतिमा भएकोमा हेटौँडा अस्पतालको सम्पूर्ण चल अचल सम्पत्ति र स्वामित्व नै प्रतिष्ठानलाई प्रदान गर्नेगरी प्रदेश सरकार अघि बढेको प्रति दलहरुले आपत्ति जनाएका छन् ।

प्रदेश सरकारले स्वास्थ्य मन्त्रालय मार्फत आरम्भ गरेको प्रक्रियाले राज्यको ठुलो सम्पत्ति, आफ्नै अस्तित्व र गरिमा रहेको र दैनिक २ हजार भन्दा बढी नागरिकले उपचार सेवा पाइरहेको हेटौँडा अस्पताललाई प्रतिष्ठानमा गाभ्ने र अस्तित्व नै नामेट पार्ने गरी भइरहेको गतिविधि प्रति ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

मकवानपुरका जनताको अमूल्य निधिलाई नामेट पार्नेगरी गम्भीर प्रकृतिको अभ्यासमा प्रदेश सरकार रहेको दलहरुको आरोप छ । यो प्रक्रिया तत्काल नरोकिए सशक्त आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

हेटौंडा अस्पताललाई प्रतिष्ठानमा गाभ्ने प्रक्रिया तत्काल बन्द नगरे सडक र सदनमा समेत आन्दोलन गर्ने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा नेकपा एमाले बाहेक मकवानपुरका ८ राजनीतिक दलका नेताले हस्ताक्षर गरेका छन् ।

himalayan life insurance
igi long