stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

घरेलु उद्योग महोत्सव–२०८१ को तयारी पूरा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१ को तयारी पूरा भएको छ ।

आयोजक नेपाल घरेलु तथा साना उद्योग महासङ्घले राजधानीमा पत्रकार सम्मेलनमार्फत मेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

स्वदेशी उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले महासङ्घले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी यस पटक वैशाख २६ गते बुधबारदेखि ३० गतेसम्म राजधानीको प्रदर्शनीमार्गमा आयोजना गर्न लागेको हो ।

लघु, घरेलु, साना तथा महिला उद्यमीद्वारा उत्पादित स्वदेशी उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनीको १७ औँ शृङ्खला “नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१” भृकुटीमण्डपमा आयोजना हुँदै छ ।

मुलुकभरका झन्डै छ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरू र कृषि तथा मह व्यवसायमा संलग्न उद्यमीहरूलाई प्रतिविम्बित गर्ने प्रदर्शनीको मुख्य नारा ‘खोजौँ नेपाली, रोजौँ नेपाली’ र ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ’ भन्ने रहेको छ ।

महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले भन्नुभयो, “हाम्रो जस्तो देशमा लघु घरेलु तथा साना उद्योगहरू आर्थिक विकास र समृद्धिका  संवाहकका रूपमा रहेको भए पनि पुरातन प्रविधिको प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योग प्रतिस्पर्धी बन्न नसकेका कारण आकर्षक प्रतिफल दिन  सकिरहेका  छैनन्  जसले  गर्दा  हाम्रा युवा  पुस्ता  यस्ता  उद्योगप्रति  आकर्षित  हुन सकिरहेका छैनन् ।”

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long