stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

दुग्ध विकास संस्थानले किसानको बक्यौता रकम भुक्तानी गर्दै

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी) ले किसानको बक्यौता रकम भुक्तानी गर्ने भएको छ ।सहुलियत ऋणमा सरकारले दिएको ३० करोडमा १० करोड थपेर डिडिसीले ४० करोड रुपियाँ भुक्तानी गर्ने भएको छ ।

डिडिसीका निमित्त उपमहानिर्देशक राजेन्द्रप्रसाद अधिकारीले बिहीबार (आज)देखि बक्यौता रकमको भुक्तानी सुरु गरिने बताउनुभयो ।

“सरकारले दिएको ३० करोड रुपियाँ हामीलाई प्राप्त भएको छ, त्यसमा १० करोड थपेर तत्काल ४० करोड रुपियाँ वितरण सुरु गर्छौं,” उहाँले भन्नुभयो, “डिडिसीबाट भोलि विभिन्न आयोजनाको खातामा रकम पठाउँछौँ, त्यसपछि त्यहाँबाट सहकारी हुँदै किसानको हातमा सो रकम जान्छ ।”

डिडिसीले किसानलाई दिनुपर्ने एक अर्ब ५० करोड रुपियाँ बाँकी छ । बिहीबारदेखि ४० करोड वितरण भएपछि अझै एक अर्ब १० करोड रुपियाँ बक्यौता रहने बताउँदै उपमहानिर्देशक अधिकारीले त्यो बाँकी रकम पनि बिस्तारै भुक्तानी गरिने बताउनुभयो ।

अहिले बिक्रीमा पनि वृद्धि भएको छ, मौज्दात रहेको दुग्ध पदार्थ पनि बिस्तारै खपत हुन थालेका छन्, त्यसले आम्दानीको स्रोत बढ्न थालेको बताउँदै उहाँले अब किसानलाई नियमित भुक्तानी गर्ने प्रयासमा रहेको बताउनुभयो ।

किसानबाट दुध खरिद गर्ने र त्यो दुध बिक्री नहुँदा त्यसबाट बनाइएका बटर, धुलो दुधलगायतका दुग्ध पदार्थ मौज्दात बस्न थालेपछि भुक्तानीमा समस्या भएको थियो ।

दुध खरिद गर्ने तर बिक्री नभएका कारण भुक्तानी नगर्दा किसान आन्दोलित भएका थिए । सरकारले सहुलियत ऋणमा ३० करोड रुपियाँ डिडिसीलाई दिएको छ ।

prabhu mahalaxmi
kumari