प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज बिहीबार चैत ६ गते अन्तिम दिन हो । इन्स्योरेन्स कम्पनीले साधारण सभा प्रयोजनको लागि शुक्रबार चैत ७ गते बुक क्लोज गर्दैछन् । तसर्थ यी कम्पनीको लाभांश हात पार्न आजै सेयरधनी बन्नुपर्छ ।
प्रभुइन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उ
क्त लाभांश पारित गर्न यसले वैशाख २० गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा प्रभु इन्स्योरेन्सको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स, तिनकुने काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।