citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

दुबईको विमानस्थल बाढीका कारण अस्तव्यस्त

प्रमुख अन्तर्राष्ट्रिय एयरलाइन्सका उडान स्थगित

kumari bank
Prabhu Insurance Long Ad
global bank

अस्तिको मुसलधारे वर्षाको कारण आँधी र बाढीका कारण संयुक्त अरब इमिरेट्स (यूएई) को मुख्य विमानस्थल अस्तव्यस्त भएको छ ।

यूएईमा अस्ति ७५ वर्षयताकै ठूलो पानी परेपछि विश्वको दोस्रो व्यस्त विमानस्थल दुबईमा उडानहरु अवरुद्ध भएका हुन् ।

धेरै उडान ढिलाइ, रद्द वा डाइभर्ट भएका छन् । यात्रुहरु समस्यामा परेका छन् । दुबई अन्तर्राष्ट्रिय विमानस्थलले निक्कै ठूलो चुनौतीपूर्ण अवस्थाको सामना गरिरहेको अधिकारीहरुलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

हिजो दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा झण्डै २ सय ९० उडान रद्द भएका थिए । त्यस्तै चार सय ४० भन्दा धेरै उडान ढिला भएका थिए ।

दुबईमा मुख्यालय रहेको प्रमुख अन्तर्राष्ट्रिय एयरलाइन्स इमिरेट्सले आजसम्म यात्रुहरुका लागि चेक–इन स्थगित गरेको जनाएको छ ।

सकेसम्म छिट्टै उडान सञ्चालन गर्ने प्रयास भैरहेको एयरलाइन्सका अधिकारीले जनाएका छन् । विमानस्थलमा ट्याक्सीको लामो लाइन लागेको छ ।
मुसलधारे वर्षा र बाढीले प्रभावित वित्तीय केन्द्र दुबईका ठूला राजमार्ग पनि बाढीले अवरुद्ध भएका छन् ।

अस्तिको मुसलधारे वर्षाको कारण आँधी र बाढीका कारण संयुक्त अरब इमिरेट्स ९यूएई० को मुख्य विमानस्थल अस्तव्यस्त भएको छ । यूएईमा अस्ति ७५ वर्षयताकै ठूलो पानी परेपछि विश्वको दोस्रो व्यस्त विमानस्थल दुबईमा उडानहरु अवरुद्ध भएका हुन् ।

धेरै उडान ढिलाइ, रद्द वा डाइभर्ट भएका छन् । यात्रुहरु समस्यामा परेका छन् । दुबई अन्तर्राष्ट्रिय विमानस्थलले निक्कै ठूलो चुनौतीपूर्ण अवस्थाको सामना गरिरहेको अधिकारीहरुलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

हिजो दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा झण्डै २ सय ९० उडान रद्द भएका थिए । त्यस्तै चार सय ४० भन्दा धेरै उडान ढिला भएका थिए ।

दुबईमा मुख्यालय रहेको प्रमुख अन्तर्राष्ट्रिय एयरलाइन्स इमिरेट्सले आजसम्म यात्रुहरुका लागि चेक–इन स्थगित गरेको जनाएको छ ।

सकेसम्म छिट्टै उडान सञ्चालन गर्ने प्रयास भैरहेको एयरलाइन्सका अधिकारीले जनाएका छन् । विमानस्थलमा ट्याक्सीको लामो लाइन लागेको छ । मुसलधारे वर्षा र बाढीले प्रभावित वित्तीय केन्द्र दुबईका ठूला राजमार्ग पनि बाढीले अवरुद्ध भएका छन् ।

gold
himalayan life insurance long ad