stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बैंकहरु लगानी गर्न तयार छन्, सरकारले वातावरण बनाउनुपर्योः एनबीए अध्यक्ष केसी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बैंकर्स एसोसिएन -एनबीए)का अध्यक्ष सुनील केसीले सरकारले उचित वातावरण बनाइदिए बैंकहरु लगानी गर्न तयार रहेको बताएका छन्।

एनबीएले आज आयोजना गरेको पत्रकार सम्मेलन गर्दै अध्यक्ष केसीले लगानीका लागि सरकारले वातावरण बनाइदिनुपर्ने बताएका हुन्। ‘अर्थतन्त्रलाई चलाई सपोर्ट गर्न र चलायमान बनाउन बैंकिङ सेक्टर हरसम्भव सहयोग गर्न तयार छ’, उनले भने।

हाल बैंकिङ प्रणालीमा करिब ५०० अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको केसीले बताए। ‘यो वर्ष ३३५ अर्बले निक्षेप बढेको छ’, उनले भने, ‘कर्जा प्रवाह पनि २०० अर्बले बढेको छ।’

कर्जाको ब्याजदर पनि उल्लेख्य रुपमा घटेको अध्यक्ष केसीले बताए। ‘एक–डेढ वर्षअघिसम्म कर्जाको ब्याजदर १३ प्रतिशत माथि थियो, अहिले ११.०८ प्रतिशत झरेको छ, यो भनेको धेरै राम्रो हो’, उनले भने, ‘तर, हामीले सोचेजस्तो कर्जा लगानी बढ्न सकेको छैन। यसमा सरकारले पहल गर्नुपर्यो। लगानीको वातावरण बढाउनुपर्यो।’

उत्पादनमूलक क्षेत्रमा लगानी गर्न बैंकिङ सेक्टर तयार रहेको पनि अध्यक्ष केसीले बताए। ‘लगानी बढ्दा अर्थतन्त्र विस्तारमा टेवा पुग्छ’, उनले भने।

अहिले खराब केही अवश्य बढेको पनि अध्यक्ष केसीले बताए। ‘तर, बैंकिङ क्षेत्र अझै सुरक्षित नै छौं, सबल नै छौँ’, उनले भने, ‘आत्तिनुपर्ने अवस्था छैन।’

अध्यक्ष केसीले सरकारले तोकिएको समयअघि नै स्थानीय तहको रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था हटाएको असन्तुष्टि पोखे। ‘अहिले लगभग सबै ७५२ वटा स्थानीय तहमा वाणिज्य बैंकहरु पुगेका छन्’, उनले भने, ‘केही यस्ता स्थानीय तह छन्, जहाँ बिजनेस छैन।

हामीले स्थानीय तहको पैसाबाटै चल्नुपर्ने अवस्था थियो। किनकि त्यस्ता क्षेत्रमा बैंकिङ कारोबार गर्दा लागतको कुरा आउँछ।

पहिले सरकारी बैंकले सरकारले उपलब्ध गराएको सुविधाअनुसार स्थानीय तहमा बैंकिङ सेवा प्रवाह गरिरहेका थिए। अब हामीलाई सरकारले सोहीबमोजिम सुविधा दिनुपर्छ। यस विषयमा हामी सरकारसँग छलफल गर्छौं।’

अध्यक्ष केसीले बैंकिङ सेक्टर अर्थतन्त्रको पिलर रहेको बताए। ‘त्यसैले बैंकिङ सेक्टरमा अप्ठ्यो पर्दा अर्थतन्त्रमा पनि असर पर्छ’, उनले भने, ‘त्यसैले सबैजना सकारात्मक ढंगले अगाडि बढ्नुपर्छ।’

prabhu mahalaxmi
kumari