stcnepal long ad
Himalayan bank
national life

“इनफ इज इनफ” का अभियान्ता अनसन स्थलबाटै पक्राउ

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

 

काठमाडौं । केही दिनयता सामाजिक सञ्जाल फेसबुकको ‘कोभिड–१९ ‘इनफ इज इनफ’ नामक प्राइभेट ग्रुप मार्फत युवाद्वारा सडक प्रदर्शन जारी छ ।
कोभिड–१९ विरुद्ध चालिएका कदमहरुबाट असन्तुष्ट युवाको यो समूहले सरकारलाई ध्यानाकर्षण गर्न प्रधानमन्त्री निवास बालुवाटारदेखि देशका मुख्य सहरका भौतिक दूरी कायम गरी प्रदर्शन गर्दै आएको छ ।
यसैक्रममा  ललितपुरको पाटनमा ‘इनफ इज इनफ’का अभियान्ता इशान अधिकारी (ई) आमरण अनसनमा बसेका हुन् । कोरोना नियन्त्रणमा सरकारले हेलचक्राइ गरेको भन्दै उनी सरकारविरुद्ध अनिश्चितकालिन अनसनमा बसेका हुन्।

इनफ इज इनफ का अभियान्ताद्वारा जारी अनसनका क्रममा  प्रहरीद्धारा २ जना अभियान्तालाई अनसन स्थलबाटै पक्राउ पक्राउ गरेको छ । पक्राउ परेका युवाहरुले हिरासतमा पनि अनसन बस्ने जनाएका छन् ।

kumari bank
kumari
nawakantipur long