stcnepal long ad
ime life insurance
national life
global ime bank long

दल दर्ताका लागि निर्वाचन आयोगमा २० दलको आवेदन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य उपनिर्वाचनमा भाग लिन २० राजनीतिक दलले दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने दललाई फागुन २४ देखि ३० गतेसम्मको समयसीमा तोकेको थियो ।

आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार १९ दलले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य गरी दुवैमा प्रतिस्पर्धा गर्ने गरी दल दर्ता गर्न निवेदन दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले भने प्रतिनिधि सभामा मात्र भाग लिने गरी दल दर्ताको निवेदन दिएको छ ।

कोशी प्रदेशको इलाम क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्य र सुदूरपश्चिमको बझाङ १ (१) मा प्रदेश सभा सदस्य पद रिक्त छन् । इलाम–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ १ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै पद रिक्त हुन पुगेको हो । दुवै पदका लागि २०८१ वैशाख १५ गते उपनिर्वाचन हुँदै छ ।

आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले मङ्गोल नेसनल अर्गनाइजेसन, नेकपा (एकीकृत समाजवादी), नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, जनमत पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले दल दर्ता गर्न निवेदन दिएको बताउनुभयो ।

उहाँका अनुसार सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेकपा (एमाले), नेपाली जनता दल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपालले पनि दल दर्ता गर्न निवेदन दिएका छन् ।

त्यसै गरी बहुजन शक्ति पार्टी, आम जनता पार्टी, नेसनल रिपब्लिक नेपाल, नेपाल समाजवादी पार्टी, राष्ट्रिय मातृभूमि पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन नेपालले दल दर्ता गर्न आयोगमा निवेदन दिएका छन् ।

आयोगले दर्ताका लागि प्राप्त भएको निवेदनउपर जाँचबुझ गरी उपनिर्वाचनमा भाग लिने दलको सूची प्रकाशन गर्ने छ ।

प्रतिनिधि सभामा प्रतिनिधि रहेका लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले उपनिर्वाचनमा भाग लिने छैनन् । तीन वटै दलले आयोगमा निवेदन दिएनन् ।

IME Lifesidebar
kumari