अधिकांस स्थानको मौसम सफा रहने , उच्च भेगमा हिमपात
काठमाडौं । पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राती सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि समान्य बदली हुने छ भने बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाको अनुमान छ ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुनेछ ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २७ दशमलव ५ डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ ।

























