stcnepal long ad
ime life insurance
national life
global ime bank long

अभिभावक संघमा पुरीको अध्यक्षतामा ३७ सदस्यीय कार्य समिति चयन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । अभिभावक संघ नेपालको छैटौं महाधिबेसनबाट सर्वसम्मत रुपमा केशव पुरीको अध्यक्षतामा ३७ सदस्यीय कार्य समिति चयन भएको छ।

जसमा बरिष्ठ उपाध्यक्षमा मणिरत्न वज्राचार्य र ईश्वरकान्त मैनाली, उपाध्यक्षमा बद्रि संजेल, सचिदानन्द घिमिरे, देवी पन्थी र पुनम निरौला चयन भएका छन् ।

यसैगरी महासचिवमा रामचन्द्र सुवेदी, सह–महासचिव रामकृष्ण प्रजापति तथ सचिवमा हिरा पौडेल, सुमित्रा न्यौपाने र रमा गिरी चयन भएका छन् ।

कोषध्यक्ष्मा केदार कार्की तथा सह–कोषाध्यक्षमा मोदती केसी चयन भएका छन् । ८ जना सदस्य समेत उक्त अधिवेशनले चयन गरेको छ ।

अधिवेशन कार्यक्रममा प्रमुख अतिथि श्रमरोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी, विशिष्ठ अतिथि जितजंग बस्नेत तथा अतिथि बागमती प्रदेशका सांसद एवं अभिभावक संघ नेपालका उपाध्यक्ष रघुनाथ महर्जन लगायत प्याब संघ एनप्याबसंघ विभिन्न अभिभावक संघका घटकहरूको समेत उपस्थिति रहेको थियो ।

 

IME Lifesidebar
kumari