stcnepal long ad
ime life insurance
national life
global ime bank long

सामाजिक सुरक्षा कोषमा करिब पचास अर्ब

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सामाजिक सुरक्षा योजना अन्तर्गत पाँच वर्षको अवधिमा करिब ५० अर्ब रुपियाँ जम्मा भएको छ ।

कोषका अनुसार बुधबारसम्म कोषमा योगदानकर्ता र रोजगारदाताबाट ४९ अर्ब ८६ करोड रुपियाँ योगदानबापतको रकम जम्मा भएको हो ।

कोषको कार्यक्रम २०७५ मङ्सिर ११ गते सुरुवात भएर २०७६ साउन १ बाट औपचारिक रूपमा सञ्चालनमा आएको कोषमा १८ हजार ७०८ रोजगारदाता र ११ लाख ४८ हजार ७१२ जना योगदानकर्ता आबद्ध भएका छन् ।

सामाजिक सुरक्षा कोषका औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजनामा गरी चार योजनामा एक लाख ६२ हजार ५९९ जनालाई  सात अर्ब ६३ करोड रुपियाँ दाबी भुक्तानी भएको कोषले जनाएको छ ।

जसमा कोषमा जम्मा भएको रकममध्ये औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा ५३ हजार ९७५ जनालाई ९० करोड ६५ लाख ६२ हजार २०१ रुपियाँ भुक्तानी गरिएको छ ।

यस्तै दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा दुई हजार ७६९ जनालाई १० करोड ५५ लाख ३८ हजार ४६९ रुपियाँ भुक्तानी गरिएको छ । त्यसै गरी आश्रित परिवार सुरक्षा योजनामा ४५५ जनालाई १२ करोड ६२ लाख ५२ हजार ८०५ रुपियाँ भुक्तानी गरिसकिएको छ ।

त्यसरी नै वृद्धावस्था सुरक्षा योजनामा ६९ हजार चार सय जनालाई छ अर्ब ४५ करोड ५६ लाख ४५ हजार ०२४ रुपियाँ दाबी भुक्तानी गरेको कोषले जनाएको छ ।

वृद्धावस्था योजनाबाट भुक्तानी लिनेमा यसअघि सञ्चय कोषमा योगदान गरेका र पछिल्लो पटक सामाजिक सुरक्षा आबद्ध भएपछि योगदान गर्ने बढी रहेको कोषका निर्देशक एवं प्रवक्ता विवेक पन्थीले जानकारी दिनुभयो ।

कोषको योजनामा हालसम्म ११ लाख ४८ हजार ७१२ जना योगदानकर्ता आबद्ध भएका छन् । कोषको योजनामा आबद्ध हुने योगदानकर्तामध्ये सबैभन्दा धेरै वैदेशिक रोजगारीमा जाने छ लाख ६७ हजार २१३ श्रमिक रहेका छन् भने सबैभन्दा थोरै स्वरोजगारतर्फका ७२ जना रहेको कोषले जनाएको छ ।

कोषका अनुसार कोषको योजनामा आबद्ध हुने औपचारिक क्षेत्रका चार लाख ८१ हजार २८८ योगदानकर्ता छन् भने अनौपचारिक क्षेत्रका १२१ जना श्रमिक रहेका छन् ।

वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिनुपूर्व कोषको योजनामा आबद्ध हुनुपर्ने अनिवार्य सर्त भएकाले विदेश जाने हरेक कोषको योजनामा एक पटक आबद्ध भएका छन् तर विदेश गएर कोषको योजनामा निरन्तरता दिनेको सङ्ख्या असाध्यै थोरै छ ।

वैदेशिक रोजगारीमा गएका कोषको योजनामा आबद्ध भएका श्रमिक र विदेशमा स्वरोजगार रहेका श्रमिक गरी लगभग पाँच हजारले मात्रै कोषको योजनामा निरन्तरता दिएका छन् ।

कोषको योजनामा आबद्ध हुने फरक व्यवस्था

कोषको योजनामा चार किसिमका श्रमिकका योजना लागु भएका छन् । २०७६ साउन १ बाट औपचारिक क्षेत्रको सुरु गरियो । जसमा अहिलेसम्म १८ हजार ७०८ रोजगारदाता प्रतिष्ठान र ती प्रतिष्ठानमा काम गर्ने कर्मचारी चार लाख ८१ हजार २८८ जना आबद्ध भएका छन् ।

जसमा सरकारले तोेकेको न्यूनतम पारिश्रमिकको २० प्रतिशत रोजगारदाता र ११ प्रतिशत योगदानकर्ता गरी ३१ प्रतिशत रकम कोषमा जम्मा हुँदै आएको छ ।

यस्तै अनौपचारिक क्षेत्रको श्रमिकलाई कोषको योजनामा आबद्ध गर्नका लागि कोषले हालसम्म ४१ वटा पालिकासँग सम्झौता गरिसकेको छ । ती पालिकामा अनौपचारिक क्षेत्रमा काम गर्ने १२१ जना निर्माण, कृषि, घरेलुु र यातायात क्षेत्रका श्रमिक आबद्ध भएका छन् ।

जसका लागि सरकारले तोकेको न्यूनतम पारिश्रमिक १७ हजारको ९.३७ प्रतिशत पालिकाले र ११ प्रतिशत श्रमिक स्वयम्ले गरी २०.३७ प्रतिशत हुनुपर्ने व्यवस्था छ ।

त्यसै गरी वैदेशिक रोजगारीमा जानेले श्रम स्वीकृति लिनुपूर्व कोषमा दुई हजार तीन सय जम्मा गर्नु पर्छ भने स्वरोजगारवालाले न्यूनतम पारिश्रमिकको ३१ प्रतिशत नै स्वरोजगार श्रमिकले कोषमा योगदान गर्नु पर्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ।

IME Lifesidebar
kumari