macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

बेलायत ‘भागेका’ सुमेरूका पूर्वअध्यक्ष भरत महर्जन विरूद्ध रेड नोटिस जारी

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सुमेरू सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष भरत महर्जनविरूद्ध ‘रेड नोटिस’ जारी भएको छ।

सहकारीमा सर्वसाधारणले जम्मा गरेको रकम अपचलन प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले भरतविरूद्ध अनुसन्धान गरिरहेको थियो।

‘गत शुक्रबार भरत महर्जनविरूद्ध रेड नोटिस जारी गरिएको हो,’ केन्द्रीय प्रवक्ता डिआइजी भीम ढकालले भने। प्रधान कार्यालय इन्टरपोल शाखामा अनुरोध भएपछि उनीविरूद्ध रेड नोटिस जारी भएको हो। कुनै एक देशमा अपराधरगैरकानुनी काम गरेर अन्य देशमा भागेकाहरूलाई खोजी गर्न रेड नोटिस जारी गरिन्छ।

सुमेरू सहकारीका कर्मचारीका अनुसार महर्जन बेलायत ुभागेकाु छन्। सहकारीबाट अपचलन गरेको धेरै सम्पत्ति उनले श्रीमतीका नाममा सारेका छन्। सो सम्पत्ति जोगाउन उनले श्रीमतीसँग नक्कली डिभोर्स गरेका छन्। तर उनकी श्रीमती पनि अहिले उनीसँगै बेलायतमै छिन्।

भरत झन्डै २५ वर्षसम्म संस्थाका अध्यक्ष थिए। त्यहाँको हर्ताकर्ता भने पनि, सर्वेसर्वा भने पनि उनै थिए। एक दिन उनले एक्कासि पद छाडेर संस्थाकै कर्मचारी हेमराज दाहाललाई अध्यक्षका रूपमा अगाडि सारे। हेमराज त्यो बेला संस्थामा सचिव थिए। २०७५ सालमा महर्जनसहितको सहमतिमा हेमराज अध्यक्ष भए।

तीन वर्षपछि, २०७८ सालमा सहकारीको आर्थिक अवस्थामा समस्या देखियो। भएको बचत र ऋण लगानीमा तालमेल मिलेन। पैसा कहाँ गयो भनेर खोजबिन भयो। अनि थाहा भयो — हेमराजलाई अध्यक्षको पद दिनुअघि नै भरतले सहकारीबाट पैसा झिकिसकेका रहेछन्।

२०७९ चैतसम्मको तथ्यांकअनुसार सुमेरू सहकारीमा साढे १२ हजार जनाभन्दा बढीले पैसा बचत गरेका छन्। कुल बचत सात अर्ब ३५ करोड रूपैयाँ देखिन्छ।

भरतले त्यो पैसा आफ्नो एकल स्वामित्वका र सहकारीभन्दा बाहिरका मान्छेसँगको साझेदारी रहेका कम्पनीहरूमा लगानी गरेका छन्।

भरत र उनको समूह आबद्ध सुमेरू सामुदायिक हस्पिटल, सुमेरू सिटी हस्पिटल, सुमेरू मार्ट, सुमेरू किड्नी हस्पिटल, एसियन कलेज, शंकरापुर कलेज लगायतमा गरी सहकारीको सात अर्ब रूपैयाँ बराबर ऋण लगानी भएको छ।

भरतले सात अर्ब रूपैयाँ लगानीबाट जोडेको सम्पत्तिको मूल्य अहिले १२ अर्ब रूपैयाँभन्दा धेरै पुगेको छ। बेलायत जानुअघि सुमेरू हस्पिटलको सेयर उनले केही सञ्चालकको नाममा सारिदिएका छन्। तर अहिले पनि भरत र उनको परिवारका नाममा सहकारीको पैसाबाट किनेको चार अर्ब रूपैयाँ बराबरको सम्पत्ति देखिन्छ।

himalayan life insurance
igi long
NTA long ad