stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल वायुसेवा निगमले क्यान्सर पीडितलाई काठमाडौं–दिल्ली उडान निःशुल्क, कुरुवालाई पनि छुट गर्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल वायुसेवा निगमले क्यान्सरपीडित बिरामीलाई काठमाडौं–दिल्ली–काठमाडौं मार्गमा निःशुल्क हवाई सेवा प्रदान गर्ने भएको छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले उक्त मार्गमा हवाई भाडादरमा क्यान्सरका बिरामीलाई सतप्रतिशत र कुरुवालाई ५० प्रतिशतसम्म छुट प्रदान गर्दै आइरहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

‘विश्व अर्बुदरोग दिवस (विश्व क्यान्सर दिवस) का सन्दर्भमा यो रोग लाग्नबाट बचौं र बचाऔं भनी ऐक्यबद्धता जनाउँदै निगमको सामाजिक उत्तरदायित्व अन्तर्गत सम्बद्ध परिवारलाई थोरै भए पनि राहत पुगोस् भनी नेपाल वायुसेवा निगमले डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर राहत समाजको सिफारिसका आधारमा निगमको काठमाडौं–दिल्ली–काठमाडौं सेक्टरको हवाई भाडादरमा अर्बुद रोग भएका बिरामीलाई शतप्रतिशत र कुरुवालाई ५० प्रतिशतसम्म छुट प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौं’, निगमद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

IME Lifesidebar
kumari