stcnepal long ad
global ime bank long

बालिकालाई अपहरण अभियोगमा पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

भक्तपुर । ६ वर्षीया बालिकालाई अपहरण गरेको अभियोगमा सर्लाही लालबन्दी ५ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका ६ बस्ने आशिष थापालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । साथै अपहरणमा परेकी ती बालिकाको सुर्यविनायक नगरपालिका ७ घ्याम्पेडाँडाबाट प्रहरीले सकुशल उद्दार गरेको छ । आइतबार दिउँसो भक्तपुर निकोसेरा स्थित विद्यालयमा यूकेजीमा अध्ययनरत ती बालिकालाई विद्यालयको प्रशासनलाई झुक्याई अपहरण गरी बालिकाको बाबुलाई फोन गरी १६ लाख रुपैयाँ नदिए ज्यान मार्ने सम्मको धम्की दिएको भन्ने खबर प्राप्त हुना साथ महानगरीय प्रहरी परिसर भक्तपुर, महानगरीय प्रहरी वृत्त ठिमी र महानगरीय अपराध महाशाखाको संयुक्त प्रहरी टोलीले सोही विद्यालयका पूर्व विद्यार्थीहरुको सहयोगमा ती बालिकाको उद्दार गरी थापालाई भक्तपुर गठ्ठाघरबाट पक्राउ गरेका छ । आशिष थापा अपहरित बालिकाको आफन्त रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

IME Lifesidebar
kumari