citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेविसंघको तदर्थ समितिमा थप ७ पदाधिकारी मनोनित

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

 

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समितिमा पदाधिकारी थप गरी विस्तार गरिएको छ । कांग्रेसको २०७५ साल फागुन १ गतेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार पार्टी सभापति शेरबहादुर देउवाद्वारा गठित संघको केन्द्रीय समितिमा आज दुई उपसभापति र पाँच महामन्त्री मनोनयन गरिएको पार्टी कार्यालयले जनाएको छ । संघको केन्द्रीय कार्यसमितिको उपसभापतिमा तुलसा पन्त (झापा) र मुक्तिराज पौडेल (रुपन्देही) तथा महामन्त्रीहरुमा दीपक भट्टराई (तनहुँ), उर्मिला थपलिया (धादिङ), प्रभातकुमार दाहाल (मकवानपुर), बलदेव तिमल्सिना (सिन्धुपाल्चोक) र युवराज पाण्डे (स्याङ्जा)लाई मनोनयन गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सभापति देउवाले यस अघि यही माघ १६ गते राजीव ढुङ्गानाको अध्यक्षतामा दुई महामन्त्री सहित तीन सदस्यीय नेविसंघ केन्द्रीय तदर्थ कार्यसमिति गठन गरेका थिए । नेविसंघको केन्द्रीय समितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशीघ्र गरिने बताए ।

himalayan life insurance
igi long