stcnepal long ad
global ime bank long

गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौंको ज्याठाबाट गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौंको पकनाजोलका अजय भन्ने कोर्ते गुरुङ र काठमाडौं सानो भ¥याङका टासी गुरुङ रहेका छन् । काठमाडौंको ज्याठा स्थित एक होटलमा बिगत ३ महिनादेखि बस्दै आएका उनीहरुले उक्त होटेलमा बसेको खर्चको विषयलाई लिएर होटेल सञ्चालकलाई धारिलो हतियार देखाई होटेलको कोठाको ढोका समेत तोडफोड गरेको बुझिएपछि महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाइ पक्राउ गरेको छ । उनीहरु ज्यान मार्ने उद्योग र लागु औषध मुद्धामा सजाय भोग्नुका साथै बिभिन्न अपराधहरुमा संलग्न रहेको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

IME Lifesidebar
kumari