citizens life insurance long ad
stcnepal long ad

माघे संक्रान्तिको अवसरमा बेत्रावतीमा गोरु जुधाइको तयारी

Nimb long ad
Prabhu Insurance Long Ad

रसुवा । माघे संक्रान्तिमा हरेक वर्ष गोरु जुधाउने मेला हुँदै आएको रसुवा र नुवाकोटको संगम स्थल बेत्रावतीमा यस बर्ष नौ हल गोरु जुधाइने भएको छ ।

आज माघ १ गते हुने गरेको मेलामा रसुवाको बेत्रावती रसुवा र नुवाकोटमा किसानहरुले पालेका नौ हल गोरु जुधाउन आवश्यक तयारी पुरा भएको गोसाईकुण्ड युवा क्लबले जनाएको छ ।

नेपाल र तिब्बतबीच वि। सं १८४९ असोज १७ गते बेत्रावती सन्धि भएको खुसियालीमा मनाइने गोरु जुधाइले ग्रामीण पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने गरेको छ । बेत्रावतीमा गोसाइँकुण्ड युवा क्लबले ०५३ सालदेखि व्यवस्थित रुपमा गोरु जुधाउने मेला सञ्चालन गर्न थालेको छ ।

त्यस्तै, वि.सं. १८८७ सालदेखि नुवाकोटको तारुकामा सुरु भएको गोरु जुधाइलार्ई ०६२ सालदेखि स्थानीय युवाहरुले संस्कृतिको संरक्षण तथा पर्यटनको प्रवर्द्धनमा केन्द्रित रहेर व्यवस्थित रुपमा आयोजना गर्न थालेको माघे संक्रान्ति गोरु जुधाइ संरक्षण संस्थाले बताएको छ ।

बझांगी राजा जयपृथ्वीबहादुर सिंह मावली गाउँ तारुका आउँदा मनोरञ्जन दिन गोरु जुधाइएको सम्झनामा त्यहाँ मेला आयोजना हुने गरेको हो ।

माघ १ को गोरु जुधाइ हेर्न रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काठमाडौं उपत्यका लगायतबाट मानिसहरु बेत्रावती र शेराबगर, तारुका तथा पन्चकन्याको पीपलडाँडा आउने गरेका छन् ।

IME Life
kumari