stcnepal long ad
global ime bank long

रासायनिक मलभन्दा प्राङगारिक मल बढी प्रयाेग गर्नुहाेस् –कृषि राज्यमन्त्री

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
बेलबारी । प्रदेश १ कृषि राज्यमन्त्री रामबहादुर मगरले स्वास्थ्य माटोबाट मात्र स्वास्थ्य बाली, बिरुवा हुन्छ भन्ने कुरामा ध्यान पुराउनु किसानलाई अनुरोध गर्नुभएकाे छ । किसानहरूसँग भेटघाट तथा समस्याबारे बुझ्न बेलबारी नगरपालिका पुग्नुभएका मन्त्री मगरले स्वास्थ्य बालीमा ध्यान दिन किसानहरूलाई आग्रह गर्नुभयाे ।

किसानको माझ पुग्दा मन्त्री मगरलाई किसानहरूले खुसीले स्वागत पनि गर्नकाे साथै गुनासो पनि पोखेका थिए । मन्त्री मगरसँगै अनुगमनमा सांसद राजकुमार ओझा, बेलबारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदी, उपप्रमुख ढाका कुमारी पराजुली लगायतको सहभागिता रहेको थियो ।

मलको अभावमा उत्पादनमा कमी आउने किसानको प्रमुख गुनासो रहेको थियो । मल विनै धान रोप्न बाध्य भएको किसानहरूले बताए । बिउको अभाव पनि किसानको अर्को प्रमुख समस्या बनेको किसानहरूले मन्त्री मगरलाई गुनासो पनि पोखेका थिए ।

सरकारको प्रमुख ध्यान पनि मल, बिउ, बिजुली र सिँचाइमा रहेको मन्त्री मगरले बताउनुभयाे । बेलबारी सिँचाइको क्षेत्रमा राम्रो रहेको बताउँदै उत्पादनको हिसाबले असाधै उत्पादनशील जमिन अनुगमनको क्रममा पाएको मन्त्री मगरले बताउनुभयाे ।

मलको सन्दर्भमा मन्त्री मगरले रासायनिक मलको कम प्रयोग र प्राङगारिक मलबाट स्वास्थ्य उत्पादन कसरी गर्ने, तर्फ ध्यान दिनुपर्ने बताउनुभयाे । रासायनिक मल आफ्नै देशमा उत्पादन नभएको र कारखानाको सम्भावना पनि नरहेको उहाँले बताउनुभयाे ।

रासायनिक मलको प्रयोग कमी गर्न तर्फ जोड दिँदै मन्त्री मगरले भन्नुभयाे,“पशु फार्महरू तथा विभिन्न क्षेत्रबाट प्राङगारिक मल विशिष्टकृत गरेर झोल मललाई अलि बढी प्रयोग गरेर रासायनिक मलको विकल्प पनि दिन सक्छौँ । स्वास्थ्य माटोबाट मात्र स्वास्थ्य बाली बिरुवा हुन्छ भन्ने कुरामा ध्यान पुराउनु पर्छ । रासायनिक मलको बढी प्रयोगले रोग र किराको प्रकोप हुन्छ र निराकरणको लागि विष प्रयोग हुन्छ । त्यो विषले माटोको गुण समाप्त गर्दिन्छ । अन्ततः मरुभूमि करण तिर लाने हुनाले स्वास्थ्य माटो जोगाउने अभियानमा रासायनिक मलको प्रयोगमा कम गर्नु पर्छ ।”

किसानको आम्दानी बढाउने अभियान तर्फ प्रदेश सरकार लाग्ने मन्त्री मगरले बताउनुभयाे । प्रदेशको यस आर्थिक वर्षको बजेटमा कृषिलाई धेरै सम्बोधन गर्ने कोसिस गरेको उहाँले बताउनुभयाे । ‘क्रमशः पशुद्वारा जोत्ने देखी मेसिनेकीकरण तिर गएको बेला मेसिनको प्रयोगमा कसरी सस्तो पार्न सकिन्छ, किसानले उत्पादनमा कसरी वृद्धि गर्न सक्ने छन् भन्ने तर्फ सरकारले ध्यान दिएको छ,’ उहाँले भन्नुभयाे ।

मेसिनेकीकरणमा कस्टम हाइरिङ सेन्टर केही ठाउँहरूमा स्थापना गर्ने । मेसिनको कम ज्याला तिरेर किसानले बढी उपयोग गर्न पाउने व्यवस्था मिलाउने मन्त्री मगरले बताउनुभयाे । अहिले सम्मको आएको रासायनिक मल केन्द्र सरकारको आधा अनुदानमा आएको पनि उहाँले जनाउनुभयाे । मन्त्री मगरले भन्नुभयाे ‘धेरै किसानलाई थाहा नहुन सक्छ रु.४६ दाम पर्ने युरिया किसानले प्रति केजी रु.२३ मा पाउँछन् ।’

सिँचाइका बिजुलीहरूमा पूर्ण रूपमा छुट कसरी गर्न सकिन्छ छलफल चलाइ रहेको साथै जहाँ जहाँ सिँचाइ छैन त्यहाँ नजिकैको खोलाहरूबाट लिप सिँचाइबाट बाह्र महिना बाली लगाउने क्षेत्रको विकास कसरी गर्नेबारे पनि छलफल भइरहेको मन्त्री मगरले बताउनुभयाे ।

किसानले उत्पादन गरेको बस्तु पहिले नै भाउ तोकेर, सरकारले खरिद पनि गर्दिने व्यवस्था गर्ने बताउनुभयाे । यस आर्थिक वर्षको बजेटमा पनि विभिन्न टाउका पालिकाहरू छानेर उत्पादन किसानको र भाउ र बजारको जिम्मा सरकारको गर्ने कार्यक्रम पनि सुरु गरिरहेको जनाउनुभयाे ।

विदेशबाट फर्केकाहरूलाई कृषि तालिम गराउने, रु.५ लाख सम्मको बैङ्क ग्यारेन्टी सरकारले गर्दिएर ऋण उपलब्ध गराएर ३ वर्ष सम्म ब्याज तिर्दिने कार्यक्रम पनि रहेको मन्त्री मगरले बताउनुभयाे । लकडाउनमा किसानले उत्पादन गरेको बस्तु नास भएकोमा सरकारले राहतको पनि व्यवस्था गरेको मन्त्री मगरले जानकारी दिनुभयाे ।

IME Lifesidebar
kumari