प्रुडेन्सियल इन्सुरेन्सको स्थगित हकप्रद सेयर अब असार ७ गतेबाट खुल्दै
काठमाडौं । प्रुडेन्सियल इन्सुरेन्सको यसअघि बीचैमा स्थगित हकप्रद असार ७ गतेबाट पुनः बिक्री खुला हुने भएको छ ।
यस इन्सुरेन्सले फागुन १८ गतेबाट ६०% हकप्रद सेयर खुला गरेको थियो । तर कोरोना संक्रमण चुलिएपछि बीचैमा चैत ११ गतेदेखि बिक्री कार्य स्थगन भएको थियो । सोही स्थगित हकप्रदलाई पुनः निष्कासन खुला गरिएको हो । यस हकप्रद सेयरमा अब असार १९ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीले १०० रुपैयाँ अंकित दरको १०ः६ अनुपातमा ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । यसअघि हकप्रद सेयरमा आवेदन नदिएका लगानीकर्ताले मात्र यसमा आवेदन दिन सक्नेछन् । हकप्रद सेयर निष्कासनका लागि माघ २७ बुक क्लोज गरिसकेको छ । तसर्थ, माघ २६ गतेसम्म कायम सेयरधनीले हकप्रद भर्न सक्नेछन् ।

बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ प्रदान गरेको छ । एनएमबि क्यापिटल नागपोखरी, काठमाडौं तथा एनएमबि बैंकका देशभरका अधिकांश शाखाबाट आवेदन दिन सकिनेछ ।
त्यस्तै, गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार, इन्द्रचोक, काठमाडौं, कुमारीपाटी, ललितपुर र सेन्ट्रल फाइनान्सको कुपन्डोल र चाबहिल शाखाबाट पनिआवेदनदिन सकिनेछ ।
सी–आस्वा सदस्यतालिएका बैंक तथा वित्तीय संस्थाहरुबाट हकप्रद भर्न पाइनेछ । एनएमबि क्यापिटलमा भने दरखास्तका साथ चेक मात्र बुझ्ने व्यवस्था छ ।
हाल यस कम्पनीको चुक्ता पुँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि पुँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँ पुग्नेछ । बिमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउन प्रुडेन्सियलले हकप्रद ल्याएको हो ।