sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

थपिए एकैपटक ५८६ कोरोना संक्रमित, संक्रमितको संख्या ७१७७ पुग्यो

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । मुलुकमा थप ५ सय ८६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ५ सय ८६ जना संक्रमित थपिएका हुन् योसंगै नेपालमा संक्रमितको कुल संख्या ७ हजार १ सय ७७ पुगेको छ । मन्त्रालयका अनुसार वीपी कोइाराला स्वास्थ्य प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा उदयपुरका ४ जना, सिरहाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

विराटनगर प्रयोगशालामा झापाका २ जना, मोरङका ९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, जनकपुर प्रादेशिक अस्पतालमा भएको परीक्षणमा धनुषाका ४ जना, महोत्तरीका ५ जना, बाराका ७ जना, रौतहटका ११ जनामा संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पताल वीरगञ्जमा महोत्तरीका ६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै कास्की प्रयोगशालामा भएको परीक्षणमा पर्वतका ३ जना, पूर्व नवलपरासीका १७ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, सेती प्रादेशिक अस्पतालमा कञ्चनपुरका ७ जनामा पुष्टि भएको छ । यस्तै, भेरी अञ्चल अस्पताल प्रयोगशालामा बाँकेका १ जना, बर्दियाका ३१ जनामा संक्रमण पुष्टि भएको छ । रुपन्देही अस्पतालको परीक्षणमा गुल्मीका २६ जना, प्यूठानका २० जना, रुपन्देहीका ४ जना, अर्घखाँचीका ९ जनामा संक्रमण देखिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका ८ जना, सल्यानका २५ जनामा नयाँ संक्रमित थपिएका छन् । यस्तै, जनस्वास्थ्य प्रयोगशाला टेकुमा कपिलवस्तुका १० जना, महोत्तरीका १८९, रौतहटका ३९, रुपन्देहीका ३ जना, सर्लाहीका ६ जना, प्यूठानका १ जनामा संक्रमण पुष्टि भएको छ ।

धुलिखेल अस्पतालमा धनुषाका २२ जना, रौतहटका ७७ जनामा संक्रमण पुष्टि भएको छ । शिक्षण अस्पतालमा कैलालीका १ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, सुर्खेत प्रयोगशालामा सुर्खेतका २ जनामा,दैलेखका २ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, कर्णालीमा भएको परीक्षणमा कालिकोटका १४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, हालसम्म १ लाख २५ हजार ७ सय ९८ जना क्वारेन्टाइनमा छन् भने आइसोलसनमा ५ हजार ९ सय ९० जना छन् ।

यस्तै, आज ९ जना निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ६७ पुगेको छ । मन्त्रालयका अनुसार मुलुकभर १ लाख ४९ हजार ७ सय ७२ जनाको पीसीआर र आरडीटीबाट २ लाख ३३ हजार ५ सय ४३ जनाको परीक्षण भएको छ ।

gold
kumari bank
nawakantipur long